1 याहवेहको प्रशंसा गर!
2 इस्राएल आफ्ना सृष्टिकर्तामा आनन्दित होओस्;
3 तिनीहरूले नाच्दै उहाँको नामको प्रशंसा गरून्;
4 किनकि याहवेह आफ्ना प्रजासित प्रसन्न हुनुहुन्छ;
5 उहाँका विश्वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्;
6 तिनीहरूका मुखमा परमेश्वरको प्रशंसा होस्,
7 ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति,
8 तिनीहरूका राजालाई साङ्लाहरूले,
9 तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्—