1 हे मेरा परमेश्वर, मेरा राजा, म तपाईंलाई उच्च पार्नेछु;
2 हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु,
3 याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ;
4 एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्;
5 तिनीहरूले तपाईंका ऐश्वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्—
6 मानिसहरूले तपाईंका अद्भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्—
7 तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्,
8 याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ;
9 याहवेह सबैमाथि भलो हुनुहुन्छ;
10 हे याहवेह, तपाईंले सृष्टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्;
11 तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्;
12 ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू,
13 तपाईंको राज्य अनन्तको राज्य हो,
14 लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ;
15 सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्;
16 तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ,
17 याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ,
18 याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ,
19 उहाँको भय मान्नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ;
20 उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ;
21 मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ;