1 जब तिमी शासकसँग खान बस्छौ,
2 यदि तिम्रो धेरै खाने बानी छ भने,
3 तिनका स्वादिष्ठ भोजनहरूको लालसा नगर;
4 धनी बन्न आफूलाई धेरै नघोट;
5 धनसम्पत्ति एकै छिनमा उडिजान्छन्;
6 लोभी मानिसको भोजन नखाऊ,
7 किनभने त्यो त्यस्तो किसिमको मानिस हो,
8 तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ,
9 मूर्खसित नबोल;
10 प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ,
11 किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ;
12 तिम्रो हृदय अर्तीमा
13 बालकलाई अनुशासनमा राख्न नरोक;
14 छडी लगाएर त्यसलाई सजाय देऊ,
15 हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने,
16 तिम्रा ओठले ठिक कुरा बोल्दछ भने,
17 तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ;
18 निश्चय नै तिम्रा निम्ति भविष्यको आशा छ,
19 हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ;
20 धेरै दाखमद्य पिउनेहरू,
21 किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्;
22 तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन,
23 सत्य किन, र त्यसलाई नबेच;
24 धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ;
25 तिम्रा बुबा र आमा प्रसन्न होऊन्,
26 हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ,
27 किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो,
28 त्यो एउटा डाँकुजस्तै ढुकिरहन्छे,
29 कष्ट कसलाई हुन्छ? दुःख कसलाई हुन्छ?
30 तिनीहरू नै, जो मद्यमै भुलिरहन्छन्;
31 दाखमद्य रातो हुँदा,
32 अन्त्यमा यसले सर्पले जस्तै डस्छ,
33 तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्,
34 महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ;
35 तिमीले भन्नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन!