1 अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ,
2 असल मानिसहरूले याहवेहबाट निगाह प्राप्त गर्छन्,
3 दुष्टताले कुनै मानिस स्थापित हुन सक्दैन,
4 चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो,
5 धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्;
6 दुष्टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्,
7 दुष्टहरू पराजित हुन्छन् र लोप हुन्छन्;
8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ,
9 खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा
10 धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ;
11 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ;
12 दुष्टले खराब मानिसहरूको लुटको अभिलाषा गर्छ,
13 दुष्ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ;
14 आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ;
15 मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ,
16 मूर्खले आफ्नो रिस झट्टै देखाउँछ;
17 साँचो साक्षीले सत्य बोल्छ,
18 विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ,
19 सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ;
20 खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ;
21 धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन,
22 याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ;
23 विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ;
24 परिश्रमी हातले शासन गर्नेछ;
25 चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ,
26 धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ;
27 अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन,
28 धार्मिकताको मार्गमा जीवन हुन्छ;