Números 29

NPIONCB

1 “ ‘सातौँ महिनाको पहिलो दिनमा पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। त्यो दिनचाहिँ तिमीहरूका लागि तुरही फुक्ने दिन हो।

2 याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ।

3 साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; भेडासँग साँढे एपाको दश भागको दुई भाग मसिनो पिठो चढाउनू;

4 र सात वटा थुमाहरूमा प्रत्येकसँग दश भागको दुई भाग मसिनो पिठो मिसाउनू।

5 तिमीहरूका पापबलि शुद्धीकरणको निम्ति एउटा बोका सामेल गराएर प्रायश्‍चित गर्नू।

6 यी बलिहरूचाहिँ तोकिएको मासिक र दैनिक होमबलिहरूका साथमा तिनीहरूका अन्‍नबलि र अर्घबलिबाहेक चढाउनू। यिनीहरू याहवेहलाई मनपर्दो बास्‍नादार अग्निबलिहरू हुन्।

7 “ ‘सातौँ महिनाको दशौँ दिनमा पवित्र सभा राख्नू। तिमीहरूले आफूलाई विनम्र तुल्याउनू र कुनै पनि काम नगर्नू।

8 याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।

9 अन्‍नबलिका निम्ति साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएर चढाउनू; भेडासँग दश भागको दुई भाग मसिनो पिठो चढाउनू;

10 र हरेक सात वटा थुमाहरूसँग दश भागको एक भागको हिसाबले अन्‍नबलि चढाउनू।

11 त्यसमा प्रायश्‍चितका निम्ति पाप शुद्धीकरण बलि र नियमित होमबलिसँगै अन्‍नबलि र अर्घबलिबाहेक पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू।

12 “ ‘सातौँ महिनाको पन्ध्रौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू।

13 याहवेहलाई मनपर्दो बास्‍नादार भोजनको रूपमा अग्निबलिको साथमा तेह्र वटा बाछाहरू, दुई वटा भेडाहरू र चौध वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।

14 तेह्र वटा बाछाहरू प्रत्येकसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; प्रत्येक दुई भेडासँग दश भागको दुई भाग मसिनो पिठो,

15 र चौध वटा थुमाहरू प्रत्येकसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू।

16 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

17 “ ‘उत्सवको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू, सबै पशुहरू निष्खोट होऊन्।

18 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू।

19 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

20 “ ‘तेस्रो दिनमा तिमीहरूले एघार वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्।

21 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।

22 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

23 “ ‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्।

24 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।

25 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

26 “ ‘पाँचौँ दिनमा नौ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।

27 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।

28 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

29 “ ‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।

30 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू।

31 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

32 “ ‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।

33 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।

34 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

35 “ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू।

36 याहवेहलाई मनमर्दो बास्‍नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।

37 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछा, भेडा र थुमाहरू चढाउनू।

38 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

39 “ ‘तिमीहरूले गरेका भाकल र स्वेच्छा भेटीहरूबाहेक, तिमीहरूका तोकिएका चाडहरूमा याहवेहका निम्ति यी बलिहरू चढाउनू; तिमीहरूका होमबलिहरू, अन्‍नबलिहरू, अर्घबलिहरू र मेलबलिहरू चढाउनू।’ ”

40 याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, तिनले सबै कुरा इस्राएलीहरूलाई भनिदिए।

Ler em outra tradução

Comparar lado a lado