Neemias 7

NPIONCB

1 पर्खालको पुनर्निर्माण भइसकेपछि, मैले ढोकाहरू तिनको ठिक ठाउँमा लगाइसकेँ; र द्वारपालहरू, सङ्गीतकारहरू र लेवीहरू नियुक्त गरेँ।

2 मैले आफ्नो भाइ हनानीलाई किल्‍लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्‍वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्‍वरको भय धेरै मान्‍ने गर्थे।

3 मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्‍नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।”

4 अब सहर ठूलो र फराकिलो थियो, तर त्यस सहरमा मानिसहरू थोरै थिए; अनि घरहरूको पुनर्निर्माण अझसम्म भएको थिएन।

5 यसकारण मेरा परमेश्‍वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ:

6 बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के।

7 तिनीहरूसँगै यरुबाबेल, येशूआ, नहेम्याह, अजर्याह, रामियाह, नहामानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नहूम र बानाह फर्के।

8 परोशका सन्तानहरू 2,172 जना;

9 शपत्याहका सन्तानहरू 372 जना;

10 अराहका सन्तानहरू 652 जना।

11 पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,818 जना;

12 एलामका सन्तान 1,254 जना;

13 जत्तूका सन्तान 845 जना;

14 जक्‍कैका सन्तान 760 जना;

15 बिन्‍नूईका सन्तान 648 जना;

16 बेबैका सन्तान 628 जना;

17 अज्गादका सन्तान 2,322 जना;

18 अदोनीकामका सन्तान 667 जना;

19 बिग्वैका सन्तान 2,067 जना;

20 आदीनका सन्तान 655 जना;

21 आतेरका सन्तान (हिजकियाबाट) 98 जना;

22 हाशूमका सन्तान 328 जना;

23 बेजैका सन्तान 324 जना;

24 हारीपका सन्तान 112 जना;

25 गिबोनका सन्तान 95 जना।

26 बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना;

27 अनातोतका मानिसहरू 128 जना;

28 बेथ-अज्मावेतका मानिसहरू 42 जना;

29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;

30 रामा र गेबाका मानिसहरू 621 जना;

31 मिकमाशका मानिसहरू 122 जना;

32 बेथेल र ऐका मानिसहरू 123 जना;

33 अर्को नेबोका मानिसहरू 52 जना;

34 अर्को एलामका मानिसहरू 1,254 जना;

35 हारीमका मानिसहरू 320 जना;

36 यरीहोका मानिसहरू 345 जना;

37 लोद, हादीद र ओनोका मानिसहरू 721 जना;

38 सेनाहका मानिसहरू 3,930 जना।

39 पुजारीहरू:

40 इम्मेरको परिवारबाट 1,052 जना;

41 पशहूरको परिवारबाट 1,247 जना;

42 हारीमको परिवारबाट 1,017 जना।

43 लेवीहरू:

44 गायकहरू:

45 मन्दिरका द्वारपालहरू:

46 मन्दिरका सेवकहरू:

47 केरोस, सीआ, पादोन,

48 लेबाना, हागाबा, शल्मै,

49 हानान्, गिद्देल, गहर,

50 रायाह, रसीन, नकोदा,

51 गज्जाम, उज्जा, पसेह,

52 बेसै, मोनीम, नेपुसीम,

53 बक्बूक, हकूपा, हरहूर,

54 बस्लूत, महीदा, हर्शा,

55 बर्कोस, सीसरा, तेमह,

56 नसीह र हतीपा।

57 सोलोमनका सेवकहरूका सन्तानहरू:

58 याला, दर्कोन, गिद्देल,

59 शपत्याह, हत्तील,

60 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको 392 जना।

61 तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:

62 दलायाह, तोबिया र नकोदाक सन्तानहरू 642 जना।

63 पुजारीहरूमध्येबाट:

64 यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।

65 यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।

66 सम्पूर्ण जनसमूहको संख्या 42,360 थियो।

67 यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 245 गायक-गायिकाहरू पनि थिए।

68 उनीहरूसित 736 घोडाहरू, 245 खच्‍चरहरू,

69 435 ऊँटहरू र 6,720 गधाहरू थिए।

70 परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक, 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए।

71 परिवारहरूका कतिपय अगुवाहरूले कामको निम्ति भण्डारमा 20,000 डारिक सुन, र 2,200 मीना चाँदी दिए।

72 बाँकी रहेका मानिसहरूले 20,000 डारिक सुन, 2,200 मीना चाँदी र पुजारीहरूले लगाउने 67 वटा पोशाकहरू दिए।

73 पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले।

Ler em outra tradução

Comparar lado a lado