1 एक अगमवाणी: इस्राएललाई मलाकीद्वारा याहवेहको वचन।
2 “मैले तिमीहरूलाई प्रेम गरेको छु,” याहवेह भन्नुहुन्छ।
3 तर एसावलाई मैले घृणा गरेँ; अनि मैले त्यसको पहाडी देश उजाड पारिदिएँ, र त्यसको पैतृक सम्पत्ति मरुभूमिका स्यालहरूलाई छोडिदिएँ।”
4 एदोमले यसो भन्न सक्छ, “हामी चकनाचुर पारिए तापनि हामी ती ध्वस्त पारिएका ठाउँहरू पुनर्निर्माण गर्नेछौँ।”
5 त्यो तिमीहरूका आफ्ना आँखाले देख्नेछौ र भन्नेछौ, ‘महान् याहवेह—इस्राएलको सिमाना बाहिर पनि महान् हुनुहुन्छ!’
6 “छोराले बुबाको र दासले मालिकको आदर गर्दछन्। म बुबा हुँ भने मेरो आदर खोइ? म मालिक हुँ भने मैले पाउनुपर्ने सम्मान खोइ?” सेनाहरूका याहवेह भन्नुहुन्छ।
7 तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी चढाएर मलाई अपवित्र पारेका छौ।
8 जब तिमीहरूले बलिदानको रूपमा अन्धा पशु चढाउँछौ, त के यो गल्ती होइन र? अनि तिमीहरूले लङ्गडा वा रोगी पशुलाई बलि चढाउँछौ, के यो खराब होइन? यही कुरा आफ्ना राज्यपाललाई चढाएर हेर! के तिनी तिमीहरूसँग प्रसन्न होलान्? के तिनले तिमीहरूलाई ग्रहण गर्लान्?” सेनाहरूका याहवेह भन्नुहुन्छ।
9 “तिमीहरूका हातबाट त्यस्ता बलि चढाउँछौ, र परमेश्वरले हामीमाथि अनुग्रह गरून् भनी प्रार्थना गर्छौ, के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुन्छ होला र?” सेनाहरूका याहवेह भन्नुहुन्छ।
10 “ओह, तिमीहरूमध्ये कसैले मन्दिरका ढोकाहरू बन्द गरिदेओस्, ताकि तिमीहरूले मेरो वेदीमाथि व्यर्थको आगो बाल्नेथिएनौ! म तिमीहरूसँग प्रसन्न छैनँ,” सेनाहरूका याहवेह भन्नुहुन्छ, “अनि म तिमीहरूका हातबाट कुनै पनि भेटी ग्रहण गर्नेछैनँ।
11 सूर्योदयदेखि सूर्यास्तसम्म मेरो नाम राष्ट्रहरूका बीचमा महान् हुनेछ। हरेक ठाउँमा मेरो नाममा धूप र शुद्ध बलिहरू चढाइनेछन्; किनकि राष्ट्रहरूका बीचमा मेरो नाम महान् हुनेछ,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
12 “तर तिमीहरूले, ‘प्रभुको टेबुल अपमानजनक छ’ र ‘त्यसमा भएको भोजन तुच्छ छ,’ भनेर मेरो नाम अपवित्र पार्दछौ।
13 अनि तिमीहरू भन्दछौ, ‘यो कस्तो दिक्क लाग्दो काम!’ अनि मलाई हेला गरेर तिमीहरूले नाक खुम्च्याउछौ,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
14 “यस्तो छली मानिस श्रापित होस्, जसले मलाई भाकल गरेको बलि चढाउने ग्रहणयोग्य असल पशु आफ्नो बगालमा छँदाछँदै पनि त्यस पशुको साटोमा खोट लागेको पशुको बलि प्रभुलाई चढाउँछ। किनकि म एक महान् राजा हुँ,” सेनाहरूका याहवेह भन्नुहुन्छ, “अनि सबै राष्ट्रहरूको बीचमा मेरो नाम भययोग्य हुनुपर्छ।