Lucas 1

NPIONCB

1 हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्,

2 जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए।

3 यसकारण हे माननीय थियोफिलस, मैले सुरुदेखि नै सबै कुराको सावधानीपूर्वक खोजी गरेको हुनाले तपाईंका निम्ति ती सबै कुराहरूको एक क्रमवद्ध विवरण लेख्न मलाई पनि उचित लाग्यो,

4 जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्।

5 यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्।

6 तिनीहरू दुवै जना परमेश्‍वरको दृष्‍टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे।

7 तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए।

8 एकपल्ट जब जकरिया परमेश्‍वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए,

9 तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्‍यो।

10 अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए।

11 त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।

12 दूतलाई देखेर जकरिया आत्तिए र डराए।

13 तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रा निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाम यूहन्‍ना राख्नू।

14 तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्।

15 किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्।

16 तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्।

17 बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।”

18 जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्‍का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।”

19 स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्‍वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ।

20 अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्‍वास गरेनौ।”

21 यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्‍क पर्दैथिए।

22 जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्।

23 अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के।

24 यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्‍तमा बसिन्।

25 तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।”

26 एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्‍वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो।

27 तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो।

28 स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्‍च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।”

29 तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्।

30 तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्‍वरबाट कृपा पाएकी छौ।

31 सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू।

32 उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ।

33 अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”

34 मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, “यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।”

35 स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।

36 यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्।

37 किनकि परमेश्‍वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।”

38 मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।

39 त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे।

40 तिनले जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्।

41 एलीशिबाले मरियमको अभिवादन सुन्‍नेबित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्।

42 अनि तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुनुहुन्छ।

43 तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई कसरी भयो?

44 तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो।

45 धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्‍नुभएका कुरा पूरा हुनेछन् भनी विश्‍वास गरिन्।”

46 अनि मरियमले भनिन्:

47 र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्‍वरमा रमाहट गर्दछ।

48 किनकि उहाँले आफ्नी सेविकाको दुःखद्

49 किनकि सर्वशक्तिमान्‌ले मेरा निम्ति महान् काम गर्नुभएको छ:

50 उहाँको करुणा उहाँको भय मान्‍नेहरूका निम्ति

51 उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ।

52 उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ,

53 उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्‍त पार्नुभएको छ,

54 उहाँले कृपालु बन्‍न स्मरण गर्दै,

55 उहाँले हाम्रा पुर्खाहरूलाई भन्‍नुभएझैँ

56 मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्।

57 जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्।

58 तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्‍ने सुने, र तिनको आनन्दमा सँगै रमाए।

59 आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाम उसको बुबाझैँ जकरिया राख्न लागेका थिए।

60 तर बालककी आमाले भनिन्, “होइन! तर त्यसको नाम यूहन्‍ना राखिनेछ।”

61 तिनीहरूले तिनलाई भने, “यस्तो नाम भएको व्यक्ति तिम्रा नातेदारमा कोही पनि छैन।”

62 त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्‍न उनलाई इशारा गरी सोधे।

63 उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाम यूहन्‍ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्‍क परे

64 तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्‍वरको प्रशंसा गर्दै बोल्न थाले।

65 यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे।

66 यी कुरा सुन्‍नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो।

67 बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे:

68 “इस्राएलका परमेश्‍वर, प्रभुलाई प्रशंसा होस्;

69 उहाँले आफ्ना सेवक दावीदको वंशमा हाम्रा निम्ति

70 जसरी आफ्ना पवित्र अगमवक्ताहरूद्वारा

71 हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट

72 हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई

73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो,

74 हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनलाई

75 हाम्रो सम्पूर्ण जीवनभरि नै उहाँको सामु उहाँको सेवा गर्ने तुल्याउनलाई।

76 “अनि तिमी मेरो बालक, सर्वोच्‍चका अगमवक्ता भनिनेछौ।

77 उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा

78 हाम्रा परमेश्‍वरको कोमल कृपाको कारणले,

79 अन्धकार र मृत्युको छायामा

80 बालक बढ्दै र आत्मामा बलियो हुँदैगए। इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरुन्जेल उनी उजाडस्थानमा नै बसे।

Ler em outra tradução

Comparar lado a lado