Juízes 14

NPIONCB

1 एक दिन जब शिमशोन तिम्नामा झरे, तब एउटी जवान पलिश्ती स्त्रीमा उनको ध्यान गयो।

2 उनी फर्केपछि उनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखेको छु। तिनीसित मेरो विवाह गरिदिनुहोस्।”

3 उनका बुबा र आमाले जवाफ दिए, “के तेरा आफन्तहरूमध्ये अथवा हाम्रा सबै मानिसहरूमध्ये कुनै ग्रहणयोग्य स्त्री छैन? के तैँले खतना नभएका पलिश्तीहरूबाट नै पत्नी ल्याउनुपर्छ र?”

4 (यो याहवेहबाट नै भएको हो, जसले पलिश्तीहरूका विरुद्धमा अवसर खोजिरहनुभएको थियो भन्‍ने कुरा उनका आमा र बुबालाई थाहा थिएन। त्यस बेला तिनीहरूले इस्राएलमाथि शासन गरिरहेका थिए।)

5 शिमशोन आफ्ना आमा र बुबासित तिम्नामा झरे। जब तिनीहरू तिम्नाका दाखबारीमा पुगे, तब अचानक एउटा जवान सिंह गर्जँदै शिमशोनमाथि झम्टियो।

6 तब याहवेहको आत्मा झट्टै उनीमाथि शक्तिसाथ आउनुभयो, र उनले त्यस सिंहलाई खाली हातले पाठोलाई झैँ च्यातिदिए। तर आफूले जे गरेका थिए, त्यो कुरा उनले आफ्ना आमाबुबालाई बताएनन्।

7 तब उनी तल झरे र ती स्त्रीसित कुरा गरे र उनले तिनलाई मन पराए।

8 केही समयपछि उनी तिनलाई विवाह गर्न भनी फर्केर जाँदा उनी त्यही सिंहको सिनो हेर्नलाई त्यतातिर लागे। उनले त्यसमा मौरीका एक हुल र केही मह देखे।

9 उनले आफ्नो हातबाट मह झिकेर खाँदै गए। तब आफ्ना आमाबुबालाई भेटेर उनले तिनीहरूलाई केही मह दिए, र तिनीहरूले पनि खाए। तर उनले त्यो मह सिंहको सिनोबाट निकालेको कुरा तिनीहरूलाई बताएनन्।

10 अनि उनका बुबा ती स्त्रीलाई हेर्न भनी तल झरे; र शिमशोनले त्यहाँ एउटा भोज लगाए; किनकि दुलहाहरूले त्यहाँ त्यस्तै गर्नुपर्ने चलन थियो।

11 जब मानिसहरूले शिमशोनलाई देखे, तब उनको साथमा जानलाई तीस जना साथीहरूलाई ल्याए।

12 शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। मलाई त्यसको जवाफ भोजको सात दिनभित्र तिमीहरूले दिन सक्यौ भने म तिमीहरूलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनेछु।

13 यदि तिमीहरूले यसको जवाफ दिन सकेनौ भने तिमीहरूले मलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनुपर्छ।”

14 तब उनले जवाफ दिए,

15 चौथो दिन तिनीहरूले शिमशोनकी पत्नीलाई भने, “तिम्रा पतिलाई त्यो अड्को हामीलाई बताउनका निम्ति फकाऊ, नत्रता तिमी र तिम्रा बुबाका घरानालाई हामी जलाएर मार्नेछौँ। के तिमीले हामीलाई लुट्नको लागि यहाँ बोलाएकी हौ?”

16 तब शिमशोनकी पत्नीले उनलाई अँगालो हालेर रुँदै भनिन्, “तपाईंले मलाई घृणा गर्नुहुँदो रहेछ! तपाईंले मलाई साँच्‍चै माया गर्नुहुँदो रहेनछ। तपाईंले मेरा मानिसहरूलाई अड्को थाप्नुभयो, तर मलाईचाहिँ त्यसको जवाफ बताउनुभएको छैन।”

17 तब तिनी भोजको सात दिनसम्मै रोइरही। यसकारण आखिरमा उनले तिनलाई सातौँ दिनमा बताइदिए; किनकि तिनले उनलाई कर गरिरहिन्। तिनले उनको अड्को आफ्ना मानिसहरूलाई बताइदिइन्।

18 सातौँ दिनको सूर्यास्त पहिले नै सहरका ती मानिसहरूले शिमशोनलाई भने,

19 तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। तिनी तल अश्कलोनमा झरे, र तिनीहरूका तीस जना मानिसहरूलाई मारे। तिनीहरूका सबै कुरा खोसे, र तिनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तिनी रिसले चुर भएर आफ्ना बुबाको घरतिर गए।

20 तर शिमशोनकी पत्नी त्यसै विवाहमा लोकन्त हुने साथीलाई दिइयो।

Ler em outra tradução

Comparar lado a lado