Josué 16

NPIONCB

1 योसेफका सन्तानको निम्ति अधिकारको भाग यरीहोको पूर्वपट्टिको मूल यर्दनदेखि सुरु भएर त्यहाँबाट उकालो हुँदै मरुभूमिलाई छिचोल्दै बेथेलको पहाडी देशसम्म पुगेको थियो।

2 त्यो बेथेल अर्थात्, लूजदेखि अगि बढेर अरकीहरू बसेका अतारोत प्रान्तसम्म पुगेको थियो।

3 त्यसपछि पश्‍चिमतिर यल्पेतीहरूको इलाका हुँदै ओर्लेर तल्‍लो बेथ-होरोनको इलाका भएर गेजेरसम्म पुगेर समुद्रमा टुङ्गिएको थियो।

4 यसरी योसेफका सन्तानहरू एफ्राइम र मनश्शेले, तिनीहरूका उत्तराधिकारको भाग पाए।

5 एफ्राइमको इलाका, तिनीहरूका वंशअनुसार यस्तो थियो:

6 महासागरसम्म पुगेको थियो। उत्तरमा मिक्मतातबाट पूर्वमा तानत-शीलोतिर घुमेर त्यसबाट पार भएर यानोहसम्म पुगेको थियो।

7 त्यसपछि यानोहबाट तल झरेर अतारोत र नारामा पुगेर यरीहोलाई छुँदै, यर्दनबाट निस्केको थियो।

8 तप्पूहबाट त्यो सिमाना पश्‍चिममा कनाको खोल्सामा पुगेर महासागरमा समाप्‍त भएको थियो। एफ्राइम कुलको वंशअनुसार, तिनीहरूका उत्तराधिकारको भाग यही थियो।

9 यसबाहेक मनश्शेहरूको उत्तराधिकारभित्र एफ्राइम वंशहरूका निम्ति अलग गरिएका सबै सहरहरू र तिनीहरूका गाउँहरू पनि सामेल थिए।

10 तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई निकालेनन्। आजको दिनसम्म कनानीहरू एफ्राइमका मानिसहरूसँग बसेका छन्, तर तिनीहरू दास भएर बसेका छन्।

Ler em outra tradução

Comparar lado a lado