Jeremias 23

NPIONCB

1 “धिक्‍कार ती गोठालाहरूलाई, जसले मेरा खर्कका भेडाहरूलाई नाश गर्दैछन् र छरपस्ट पार्दैछन्!” याहवेह घोषणा गर्नुहुन्छ।

2 यसकारण याहवेह इस्राएलका परमेश्‍वर आफ्ना भेडाहरूको हेरचाह गर्ने गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपस्ट पारेर टाढा धपाइदिएका कारण र तिनीहरूको हेरचाह नगरेको कारण, तिमीहरूले गरेको दुष्‍ट कामका निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” याहवेह भन्‍नुहुन्छ।

3 “मैले तिनीहरूलाई धपाइदिएका सबै देशहरूबाट मेरा बगालका बाँचेकाहरूलाई म आफैँ भेला गर्नेछु र तिनीहरूलाई तिनीहरूकै खर्कमा फर्काएर ल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र संख्यामा वृद्धि हुँदै जानेछन्।

4 म तिनीहरूमाथि गोठालाहरू राखिदिनेछु, जसले तिनीहरूको हेरचाह गर्नेछन्; अनि तिनीहरू फेरि डराउनेछैनन् र त्रसित हुनेछैनन्, न त कोही हराउनेछन्,” याहवेह भन्‍नुहुन्छ।

5 याहवेह यसो भन्‍नुहुन्छ, “हेर, ती दिनहरू निश्‍चित रूपमा आउँदैछन्,

6 त्यस राजाको समयमा यहूदा बचाइनेछ,

7 “यसकारण अब यस्ता दिनहरू आउँदैछन्,” भनी याहवेह भन्‍नुहुन्छ, “अब उसो मानिसहरूले यसो भन्‍नेछैनन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।’

8 तर तिनीहरूले भन्‍नेछन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै देशहरूबाट निकालेर ल्याउनुभयो।’ ”

9 अगमवक्ताहरूको विषयमा:

10 सारा देश व्यभिचारीहरूले भरिएको छ;

11 “अगमवक्ता र पुजारी दुवै ईश्‍वरहीन छन्;

12 “यसकारण तिनीहरूका बाटाहरू चिप्ला हुनेछन्;

13 “सामरियाका अगमवक्ताहरूबीच

14 अनि यरूशलेमका अगमवक्ताहरूका बीच

15 यसकारण अगमवक्ताहरूको बारेमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:

16 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:

17 मलाई घृणा गर्ने मानिसहरूलाई तिनीहरू यसो भनिरहन्छन्;

18 तर अगमवक्ताहरूमध्ये कोचाहिँ हेर्नलाई अथवा उहाँको वचन सुन्‍न भनी

19 हेर, याहवेहको क्रोध

20 याहवेहको रिस उहाँको हृदयका उद्देश्यहरू

21 मैले यी अगमवक्ताहरूलाई पठाएको होइनँ,

22 तर यदि तिनीहरू मेरो सभामा खडा भएका भए,

23 याहवेह घोषणा गर्नुहुन्छ,

24 याहवेह घोषणा गर्नुहुन्छ,

25 “मेरो नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूले भनेको कुरा मैले सुनेको छु। तिनीहरू भन्दछन्, ‘मैले सपना देखेको छु! मैले सपना देखेको छु!’

26 यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्?

27 ती अगमवक्ताहरू सोच्दछन्, कि तिनीहरूले एक-आपसमा भनेका सपनाहरूले गर्दा, मेरा मानिसहरूले मेरो नाम बिर्सनेछन्, जसरी तिनीहरूका पितापुर्खाहरूले बाल-देवतालाई पूजा गरेर मेरो नाम बिर्सेका थिए।

28 सपना देख्ने अगमवक्ताले उसको सपना नै भनोस्, तर मेरो वचन पाउनेले विश्‍वासयोग्यतासाथ त्यही बोलोस्। किनकि अन्‍नसित परालको के तुलना हुन सक्छ र?” याहवेह घोषणा गर्नुहुन्छ।

29 “के मेरो वचन आगोजस्तै छैन र?” याहवेह घोषणा गर्नुहुन्छ, “अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?”

30 याहवेह घोषणा गर्नुहुन्छ, “यसकारण म ती झूटा अगमवक्ताहरूको विरुद्धमा छु, जसले एक-अर्काबाट वचनहरू चोर्छन्, र मबाट आएको वचन हो भन्दै घोषणा गर्छन्।”

31 याहवेह घोषणा गर्नुहुन्छ, “हो, म ती अगमवक्ताहरूको विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, तर पनि भन्दछन्, ‘याहवेह घोषणा गर्नुहुन्छ।’

32 हेर, म झूटो सपनाको अगमवाणी गर्ने अगमवक्ताहरूको विरुद्धमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूले तिनीहरूका झूटा अगमवाणीहरू भन्दछन् र आफ्ना अहङ्कारी झूटा कुराहरूद्वारा मेरा मानिसहरूलाई बहकाइदिन्छन्। तर मैले तिनीहरूलाई पठाएको अथवा नियुक्त गरेकै होइनँ। तिनीहरूले यी मानिसहरूलाई कुनै फाइदा पुर्‍याउँदैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।

33 “जब यी मानिसहरू अथवा अगमवक्ताहरू अथवा पुजारीहरूले ‘याहवेहको सन्देश के छ?’ भनी तँलाई सोध्दछन्, तब तिनीहरूलाई भन् ‘कस्तो सन्देश? म तिमीहरूलाई त्यागिदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।’

34 यदि कुनै अगमवक्ता अथवा पुजारी अथवा कसैले ‘याहवेहको सन्देश यही हो’ भनी दाबी गर्छ भने म त्यो मानिस र त्यसको परिवारलाई दण्ड दिनेछु।

35 तिमीहरूमध्ये हरेकले आफ्ना साथीहरू वा अरू इस्राएलीहरू वा एक-अर्कालाई यसरी सोधिरहने गर्छौ: ‘याहवेहको जवाफ के छ? अथवा याहवेहले के बोल्नुभएको छ?’

36 तर तिमीहरूले फेरि ‘यो याहवेहको सन्देश हो’ भनेर उल्‍लेख नगर्नू; किनभने हरेक मानिसको आफ्नै कुरा उसको ईश्‍वरवाणी हुन्छ। यसरी तिमीहरूले जीवित परमेश्‍वर, सेनाहरूका याहवेह हाम्रा परमेश्‍वरको वचनलाई बङ्ग्याउँछौ।

37 तिमीहरूले अगमवक्तालाई यसो भन्‍नू, ‘तिमीहरूलाई याहवेहको जवाफ के छ? अथवा याहवेहले के भन्‍नुभएको छ?’

38 यद्यपि तिमीहरूले याहवेहको सन्देश यही हो भनेर दाबी गरे तापनि याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले यो याहवेहको सन्देश हो,’ भनेर दाबी नगर्नू भनेर मैले तिमीहरूलाई भने तापनि तिमीहरूले ‘यो याहवेहको सन्देश हो’ भनी दाबी गर्‍यौ।

39 यसकारण, निश्‍चय नै म तिमीहरूलाई बिर्सनेछु, र मैले तिमीहरू र तिमीहरूका पितापुर्खालाई दिएको सहरको साथसाथै, मैले तिमीहरूलाई मेरो उपस्थितिबाट पनि बाहिर निकालिदिनेछु।

40 म तिमीहरूमाथि अनन्तसम्म रहने यस्तो लाज र अनन्तको बदनामी ल्याउनेछु, कि त्यो कहिल्यै बिर्सिइनेछैन।”

Ler em outra tradução

Comparar lado a lado