Jeremias 1

NPIONCB

1 बेन्यामीनी प्रान्तको अनातोतमा बस्‍ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए; तिनका छोरा यर्मियाका वचनहरू यिनै हुन्।

2 यहूदाका राजा आमोनका छोरा योशियाहको शासनको तेह्रौँ वर्षमा याहवेहको वचन तिनीकहाँ आयो।

3 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालदेखि योशियाहका अर्का छोरा सिदकियाहको एघारौँ वर्षको पाँचौँ महिनासम्म, अर्थात् यरूशलेमका मानिसहरू कैदमा लगिएको समयसम्म आइरह्‍यो।

4 याहवेहको वचन मकहाँ आयो,

5 “मैले तँलाई गर्भमा सृष्‍टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ;

6 तब मैले भनेँ, “हे प्रभु याहवेह, म बोल्न जान्दिनँ; किनभने म त बालकै छु।”

7 तर याहवेहले मलाई भन्‍नुभयो, “म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्‍नैपर्छ।

8 तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

9 त्यसपछि याहवेहले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो र मलाई भन्‍नुभयो, “मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु।

10 हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न भनी आज म तँलाई राष्ट्रहरू र राज्यहरूमाथि नियुक्त गर्दछु।”

11 याहवेहको यो वचन मकहाँ आयो: “यर्मिया तँ के देख्दैछस्?”

12 याहवेहले मलाई भन्‍नुभयो, “तैँले ठिक देखेको छस्; किनकि म आफ्नो वचन पूरा भएको देख्दैछु।”

13 याहवेहको वचन फेरि मकहाँ आयो: “तँ के देख्दैछस्?”

14 याहवेहले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबै मानिसहरूमाथि उत्तर दिशाबाट विपत्ति खन्याइनेछ।

15 म उत्तरी राज्यहरूका सबै जातिहरूलाई भेला गराउन लागेको छु,” याहवेह घोषणा गर्नुहुन्छ।

16 म आफ्ना जातिहरूमाथि आफ्नो न्यायको घोषणा गर्नेछु;

17 “यसकारण उठ्, र आफूलाई तयार गर्! मैले तँलाई आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन्। तिनीहरूसँग नडरा, नत्रता म तँलाई तिनीहरूको अगि भयभीत बनाउनेछु।

18 आज मैले तँलाई सम्पूर्ण देशको विरुद्धमा—यहूदाका राजाहरू, त्यसका हाकिमहरू, त्यसका पुजारीहरू र देशका मानिसहरूको विरुद्धमा खडा हुन फलामको खम्बा, काँसाको पर्खाल र एउटा बलियो किल्‍ला भएको सुरक्षित सहर बनाएको छु।

19 तिनीहरू तेरो विरुद्ध लडाइँ गर्नेछन्, तर तँलाई जित्न सक्नेछैनन्; किनकि म तँसित हुनेछु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado