1 पक्कै पनि चाँदीको निम्ति खानी हुन्छ,
2 फलाम पृथ्वीबाट निकालिन्छ,
3 मरणशील मानिसले अन्धकारको अन्त्य गर्छ;
4 मानव वासस्थानदेखि टाढा,
5 पृथ्वी, जहाँबाट भोजन निस्केर आउँछ,
6 त्यसका चट्टानहरूबाट नीलमणिहरू निस्कन्छन्,
7 आकाशका शिकारी पक्षीहरूले त्यस गुप्त बाटोलाई जान्दैनन्,
8 जङ्गली पशुहरूले त्यसमा पाइला टेकेका छैनन्,
9 मानिसहरूले चकमके ढुङ्गालाई तिनीहरूका हातले फोर्छन्;
10 तिनीहरूले चट्टानभित्रबाट सुरुङ खन्दछन्;
11 तिनीहरूले नदीहरूका मुहानहरू खोज्दछन्,
12 तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ?
13 मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन;
14 महासागरले भन्छ, “त्यो बुद्धि मभित्र छैन”;
15 त्यसलाई अति निखुर सुनले पनि किन्न सकिँदैन;
16 त्यसलाई ओपीरको सुनले समेत किन्न सकिँदैन,
17 त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ;
18 मुगा र बिल्लौरको त नाम नै नलिए पनि हुन्छ;
19 कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना गर्न सकिँदैन;
20 त्यसो भए बुद्धि कहाँबाट आउँछ,
21 त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्तमा राखिएको छ,
22 विनाश र मृत्युले भन्छन्,
23 परमेश्वरले मात्र यसको बाटो बुझ्नुहुन्छ;
24 किनकि उहाँले पृथ्वीको अन्तिम भागसम्म देख्नुहुन्छ;
25 जब उहाँले बतासको शक्तिलाई स्थापित गर्नुभयो
26 जब उहाँले वर्षालाई आदेश दिनुभयो,
27 तब उहाँले बुद्धिलाई हेर्नुभयो र त्यसको मूल्याङ्कन गर्नुभयो;
28 अनि परमेश्वरले मानिस जातिलाई भन्नुभयो,