1 “स्त्रीको कोखबाट जन्मेको मरणशील मानिसको
2 तिनीहरू फूलझैँ फक्रन्छन्, र ओइलाइहाल्छन्;
3 के तपाईंले त्यस्ता प्राणीहरूमा आफ्नो दृष्टि राख्नुहुन्छ?
4 अशुद्ध वस्तुबाट कसले शुद्ध वस्तु बनाउन सक्छ र?
5 हरेक व्यक्तिका दिनहरू निर्धारित छन्;
6 यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म,
7 “किनकि रूखको समेत पनि आशा हुन्छ:
8 त्यसका जराहरू जमिनमै छिप्पिए पनि
9 पानीको गन्ध पायो भने त्यसमा फेरि पालुवा लाग्न थाल्छ,
10 तर मानिस मरेपछि मेटिएर जान्छ;
11 तालको पानी सुकेजस्तै,
12 त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन;
13 “यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त,
14 कोही मरेपछि फेरि जीवित हुन्छ र?
15 तपाईंले बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु;
16 तब निश्चय नै तपाईंले मेरा पाइलाहरू गन्नु हुनेछ,
17 मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ;
18 “तर पर्वतहरू बिस्तारै खिइएर खसेझैँ
19 पानीले ढुङ्गाहरू खियाएर लगेझैँ,
20 तपाईंले तिनीहरूलाई एकै पटकमा सधैँको निम्ति जित्नुहुन्छ,
21 तिनीहरूका सन्तानहरूले सम्मान पाए तापनि तिनीहरूले त्यो थाहा पाउँदैनन्;
22 तिनीहरूले आफ्नै शरीरको पीडा मात्र महसुस गर्छन्,