Jó 12

NPIONCB

1 तब इयोबले जवाफ दिएर भने:

2 “निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्‍ने मानिसहरू हुनुहुन्छ,

3 तर तपाईंहरूसँग भएझैँ मसँग पनि समझ छ;

4 “यद्यपि मैले परमेश्‍वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो—

5 सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्;

6 परमेश्‍वर तिनीहरूकै हातमा भएझैँ,

7 “तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्;

8 अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ;

9 यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी

10 हरेक प्राणीको जीवन र

11 जिब्रोले भोजनको स्वाद चाखेजस्तै

12 के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र?

13 “बुद्धि र शक्ति परमेश्‍वरका हुन्;

14 उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन;

15 यदि उहाँले पानीलाई रोक्नुभयो भने खडेरी पर्छ;

16 शक्ति र बुद्धि परमेश्‍वरका हुन्;

17 उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ।

18 उहाँले राजाहरूद्वारा बाँधिएका बन्धनहरूलाई फुकाइदिनुहुन्छ

19 उहाँले पुजारीहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ

20 उहाँले भरपर्दा सल्‍लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ,

21 उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ

22 उहाँले अन्धकारमा भएका गहिरा कुराहरूलाई प्रकट गर्नुहुन्छ,

23 उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ;

24 उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्‍नुहुन्छ;

25 तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्;

Ler em outra tradução

Comparar lado a lado