Isaías 19

NPIONCB

1 इजिप्टको विरुद्धमा भविष्यवाणी:

2 “म इजिप्टियनहरूलाई इजिप्टियनहरूकै विरुद्धमा सुर्‍याउनेछु—

3 इजिप्टियनहरू निराश हुनेछन्,

4 म इजिप्टियनहरूलाई

5 नदीका पानी सुकेर जानेछन्,

6 नहरहरू गन्हाउनेछन्;

7 नील नदीका किनारका

8 सबै मछुवाहरू सुस्केरा मार्दै विलाप गर्नेछन्,

9 कपडा बनाउनेहरू निराश हुनेछन्,

10 कपडा बुन्‍नेहरू उदास हुनेछन्,

11 सोअनका अधिकृतहरू सबै मूर्ख छन्;

12 तेरा बुद्धिमान् मानिसहरू अहिले कहाँ छन्?

13 सोअनका अधिकृतहरू मूर्ख भएका छन्;

14 याहवेहले तिनीहरूलाई विचलित गराउने आत्मा खन्याइदिनुभएको छ;

15 इजिप्टले गर्न सक्ने केही छैन—

16 त्यस दिन इजिप्टियनहरू कमजोर स्त्रीहरूझैँ हुनेछन्। तिनीहरू सेनाहरूका याहवेहले तिनीहरूको विरुद्ध उठाउनुभएको हात देखेर डरले काँप्नेछन्।

17 तिनीहरूको विरुद्ध सेनाहरूका याहवेहले जुन योजना बनाउनुहुँदैछ, त्यसको कारण यहूदाको देशले इजिप्टियनहरूमा आतङ्क ल्याउनेछ, यहूदाको नाम सुनेर हरेक आतङ्कित हुनेछन्।

18 त्यस दिन इजिप्टका पाँच वटा सहरहरूले कनानको भाषा बोल्नेछन्, र सेनाहरूका याहवेहप्रति आफ्नो भक्तिको शपथ खानेछन्। तीमध्ये एउटालाई सर्वनाशको सहर भनिनेछ।

19 त्यस दिन इजिप्टको बीचमा याहवेहको निम्ति एउटा वेदी हुनेछ, र त्यसको सिमानामा याहवेहको निम्ति एउटा स्मारक खडा गरिनेछ।

20 त्यो इजिप्टमा सेनाहरूका याहवेहको निम्ति एउटा चिन्ह र साक्षी हुनेछ। आफ्ना अत्याचारीहरूको कारण तिनीहरूले याहवेहलाई पुकार्दा, उहाँले तिनीहरूलाई एक जना उद्धारकर्ता र रक्षक पठाउनुहुनेछ; अनि उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ।

21 यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्‍नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्।

22 याहवेहले इजिप्टमाथि विपत्तिले प्रहार गर्नुहुनेछ; उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र निको पार्नुहुनेछ। तिनीहरू याहवेहतिर फर्कनेछन्, र उहाँले तिनीहरूका बिन्ती सुनेर तिनीहरूलाई निको पार्नुहुनेछ।

23 त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्।

24 त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्‌को तेस्रो देश बन्‍नेछ।

25 सेनाहरूका याहवेहले यसो भनेर तिनीहरूलाई आशिष् दिनुहुनेछ, “इजिप्ट मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।”

Ler em outra tradução

Comparar lado a lado