1 हामीले भन्न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ।
2 ती प्रधान पुजारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो।
3 हरेक प्रधान पुजारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्त गरिएको हुन्छ; अनि यी प्रधान पुजारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो।
4 यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पुजारी हुनुहुनेथिएन; किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पुजारीहरू छँदैछन्।
5 तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।”
6 वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्च दर्जाको छ।
7 किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन।
8 तर परमेश्वरले मानिसहरूमा दोष भेटेर भन्नुभयो:
9 यो त्यस करारजस्तै हुनेछैन,
10 त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,
11 अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई
12 किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु,
13 यस करारलाई “नयाँ” भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।