1 बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो;
2 तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्वलाई पनि बनाउनुभयो।
3 पुत्रचाहिँ परमेश्वरको महिमाको चमक र उहाँ परमेश्वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।
4 यसकारण उहाँ स्वर्गदूतभन्दा उच्च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ।
5 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्वरले कहिल्यै यसो भन्नुभयो:
6 परमेश्वरले आफ्ना प्रथम जन्मेकालाई संसारमा फेरि ल्याउनुहुँदा उहाँ भन्नुहुन्छ,
7 स्वर्गदूतहरूका विषयमा उहाँ भन्नुहुन्छ,
8 तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ,
9 तपाईंले धार्मिकतालाई प्रेम र दुष्टतालाई घृणा गर्नुभयो;
10 उहाँ यसो पनि भन्नुहुन्छ,
11 तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ;
12 तपाईंले तिनीहरूलाई वस्त्रलाईझैँ लपेट्नुहुनेछ,
13 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्वरले कुनै समयमा यसो भन्नुभयो,
14 तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र?