Gênesis 5

NPIONCB

1 आदमको वंशको विवरण यही हो:

2 उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो।

3 आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे।

4 शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

5 आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।

6 शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।

7 तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए।

8 शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।

9 एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए।

10 अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए।

11 एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।

12 केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।

13 अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए।

14 केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।

15 महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।

16 अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

17 महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।

18 येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए।

19 अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

20 येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।

21 हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए।

22 अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

23 हनोक जम्मा 365 वर्षसम्म बाँचे।

24 हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।

25 मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।

26 अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

27 मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।

28 लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।

29 अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”

30 नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।

31 लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।

32 नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।

Ler em outra tradução

Comparar lado a lado