Gênesis 48

NPIONCB

1 केही समयपछि “तपाईंका पिता बिरामी हुनुहुन्छ” भनेर योसेफले खबर पाए। यसकारण तिनले आफ्ना दुई छोराहरू मनश्शे र एफ्राइमलाई आफैँसित लिएर गए।

2 जब याकोबले “तपाईंको छोरा योसेफ आएका छन्” भनी खबर पाए, तब उनी आफैँ बल गरेर खाटमा बसे।

3 याकोबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्‍वर कनान देशको लूजमा मसित देखा पर्नुभयो, र मलाई आशिष् दिनुभयो।

4 अनि उहाँले मलाई भन्‍नुभयो, ‘म तँलाई फलदायक बनाएर तेरो संख्यामा वृद्धि गराउनेछु। म तँलाई जातिहरूको समुदाय बनाउनेछु। अनि म यस देशलाई तँपछि तेरा सन्तानहरूलाई सदाका निम्ति सम्पत्तिको रूपमा दिनेछु।’

5 “अब म यहाँ आउनुभन्दा पहिले इजिप्टमा जन्मेका तेरा दुई छोराहरू मेरै कहलाइनेछन्। रूबेन र शिमियोन मेरा भएझैँ एफ्राइम र मनश्शे पनि मेरै भनिनेछन्।

6 तिनीहरूभन्दा पछि जन्मेका तेरा छोराहरू तेरै हुनेछन्। उनीहरूले पैतृक अधिकारस्वरूप पाएको प्रदेशमा यिनीहरू आफ्ना दाजुभाइहरूकै नामले चिनिनेछन्।

7 म पद्दनबाट कनान देशमा फर्कंदै गर्दा हामी एप्राताबाट अलि पर हुँदा नै राहेलको मृत्यु भयो। यसकारण मैले ठूलो शोकसहित तिनलाई त्यहाँ एप्रात (अर्थात् बेथलेहेम) जाने बाटोमा गाडे।”

8 जब इस्राएलले योसेफका छोराहरूलाई देखे, उनले “यिनीहरू को हुन्?” भनी सोधे।

9 योसेफले आफ्ना पितालाई भने, “यिनीहरू परमेश्‍वरले मलाई यस देशमा दिनुभएको छोराहरू हुन्।”

10 इस्राएलका आँखा वृद्धावस्थाको कारण धमिलिएका थिए। अनि उनले राम्ररी देख्न सक्दैनथे। यसकारण योसेफले आफ्ना छोराहरूलाई तिनका नजिक ल्याए; अनि तिनका पिताले तिनीहरूलाई चुम्बन गरे, र अँगालो हाले।

11 इस्राएलले योसेफलाई भने, “मैले तेरो अनुहार फेरि देख्न पाउँछु भनेर चिताएको पनि थिइनँ; अब परमेश्‍वरले मलाई तेरा सन्तानहरूहरू पनि हेर्न दिनुभयो।”

12 तब योसेफले तिनीहरूलाई इस्राएलका काखबाट हटाए, र आफ्नो अनुहार भुइँतिर पारेर दण्डवत् गरे।

13 अनि योसेफले ती दुवैलाई लिए, एफ्राइमलाई आफ्नो दाहिने हातले समातेर इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रे हातले समातेर इस्राएलको दाहिनेपट्टि पारेर तिनका नजिक ल्याए।

14 तर इस्राएलले आफ्नो दाहिने हात बढाएर कान्छा छोरा एफ्राइमको शिरमाथि राखे। अनि आफ्नो देब्रे हात घुमाएर जेठो छोरा मनश्शेको शिरमाथि राखे।

15 तब उनले योसेफलाई आशिष् दिएर भने,

16 ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ,

17 जब योसेफले आफ्ना पिताले उनको दाहिने हात एफ्राइमको शिरमा राखेका देखे, तिनी अप्रसन्‍न भए; यसकारण तिनले एफ्राइमको शिरबाट मनश्शेको शिरमाथि सारिदिनलाई आफ्ना पिताको हात समाते।

18 योसेफले उनलाई भने, “होइन, मेरा पिता, योचाहिँ जेठा हो; तपाईंको दाहिने हात यसको शिरमाथि राख्नुहोस्।”

19 तर तिनका पिताले अस्वीकार गरेर भने, “मलाई थाहा छ, मेरा छोरा, मलाई थाहा छ। त्यो पनि एउटा जाति बन्‍नेछ। त्यो पनि महान् हुनेछ। तर त्यसको कान्छो भाइचाहिँ त्योभन्दा महान् बन्‍नेछ। अनि त्यसका सन्तानहरू जातिहरूको एक समूह हुनेछन्।”

20 त्यस दिन उनले तिनीहरूलाई आशिष् दिएर भने,

21 तब इस्राएलले योसेफलाई भने, “मेरो मृत्युको समय आएको छ; तर परमेश्‍वर तँसित हुनुहुनेछ र तँलाई आफ्ना पितापुर्खाहरूको देशमा फर्काएर लानुहुनेछ।

22 म तँलाई तेरा दाजुभाइहरूभन्दा एक भाग बढ्ता पहाडी पाखो दिनेछु, जुन पाखो मैले मेरो तरवार र धनुले एमोरीहरूबाट हात पारेको छु।”

Ler em outra tradução

Comparar lado a lado