Gênesis 33

NPIONCB

1 याकोबले आँखा उठाएर हेर्दा एसावलाई चार सय मानिसहरूसित आइरहेका देखे; अनि तिनले छोराछोरीहरूलाई लेआ, राहेल र दुई सेविकाहरूका बीचमा विभाजन गरे।

2 तिनले सबैभन्दा अगि सेविकाहरू र तिनीहरूका छोराछोरीहरूलाई राखे; त्यसपछि लेआ र तिनका छोराछोरीहरूलाई, र राहेल र योसेफलाई सबैभन्दा पछाडि राखे।

3 तिनी आफैँचाहिँ सबैभन्दा अगि बढेर आफ्ना दाजुको नजिक आइपुग्दा सातपल्ट भुइँसम्मै निहुरेर दण्डवत् गरे।

4 तर एसाव याकोबलाई भेट्न दौडेर गए, तिनलाई अँगालो हाले र तिनले म्वाइँ खाए; अनि तिनीहरू दुवै धुरुधुरु रोए।

5 तब एसावले आँखा उठाएर हेरे, र ती स्त्रीहरू र बालबच्‍चाहरूलाई देखे। तब तिनले सोधे, “तिमीसित भएका यिनीहरू को हुन्?”

6 तब ती सेविकाहरू र तिनीहरूका छोराछोरीले पनि नजिक आएर दण्डवत् गरे।

7 त्यसपछि लेआ र तिनका छोराछोरी आएर दण्डवत् गरे। आखिरमा योसेफ र राहेल पनि आए, र दण्डवत् गरे।

8 एसावले सोधे, “मैले भेटेका यी सबै बगाल र बथानको अर्थ के हो?”

9 तर एसावले भने, “मेरो भाइ, मसित प्रशस्त छँदैछ। तिमीसित भएका तिम्रै लागि राख।”

10 याकोबले भने, “होइन, यदि मैले तपाईंको दृष्‍टिमा निगाह प्राप्‍त गरेको छु भने कृपया मबाट यो उपहार ग्रहण गर्नुहोस्; किनभने तपाईंले ममाथि यति ठूलो निगाह देखाएर स्वीकार गर्नुभएकोले, तपाईंको दर्शन पाउँदा परमेश्‍वरको दर्शन पाएझैँ भयो।

11 तपाईंकहाँ ल्याइएको मेरो उपहार ग्रहण गर्नुहोस्; किनकि परमेश्‍वरको अनुग्रहको कारणले मलाई चाहिएका सबै कुरा छन्।” अनि याकोबले कर गरेको कारण एसावले त्यो ग्रहण गरे।

12 तब एसावले भने, “अब हामी आफ्नो बाटो लागौँ; अनि म तिमीसित जानेछु।”

13 तर याकोबले भने, “मेरा मालिकलाई थाहै छ, यी छोराछोरीहरू कलिला छन्; र मैले बथानहरूका दूध खुवाउने भेडीहरू र गाईहरू र तिनीहरूका बच्‍चाहरूको हेरचाह गर्नुपर्छ।

14 यसकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईं नै मभन्दा अगि जानुहोस्। मचाहिँ मेरा मालिककहाँ सेइरमा नपुगुन्जेल अगाडि भएका बथानहरू, बगालहरू र बालबच्‍चाहरूको चालमा बिस्तारै हिँडेर आउनेछु।”

15 एसावले भने, “त्यसो भए म मेरा केही मानिसहरू तिमीसित छोडिदिनेछु।”

16 यसकारण त्यही दिन एसाव सेइरतिर फर्कन आफ्नो बाटो लागे।

17 तर याकोबचाहिँ सुक्‍कोतमा गए, जहाँ तिनले आफ्नै लागि र आफ्ना गाईबस्तुका लागि छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँलाई सुक्‍कोत भनियो।

18 याकोब पद्दन-अरामबाट आउँदा तिनी कनानको शेकेम सहरमा सुरक्षित आइपुगे, र त्यस सहरको छेवैमा पाल टाँगेर बसे।

19 तिनले शेकेमका बुबा हामोरका छोराहरूबाट, एक सय चाँदीका टुक्राहरू तिरेर एक टुक्रा जमिन किने, जहाँ तिनले आफ्नो पाल टाँगे।

20 अनि तिनले त्यहाँ एउटा वेदी खडा गरे, र त्यसलाई एल-एलोहे-इस्राएल भने।

Ler em outra tradução

Comparar lado a lado