Gênesis 25

NPIONCB

1 अब्राहामले अर्की पत्नी पनि ल्याए, जसको नाम कतूरा थियो।

2 तिनले अब्राहामका निम्ति जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्म दिइन्।

3 योक्षान शेबा र ददानका पिता थिए; ददानका वशंहरू अश्शूरीम, लतूशी र लऊम्मीहरू थिए।

4 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तानहरू थिए।

5 अब्राहामले कमाएका सबै थोक इसहाकलाई छोडिदिए।

6 तर अब्राहामले आफू जीवित छँदै आफ्नी उपपत्नीका छोराहरूलाई उपहारहरू दिएर तिनीहरूलाई आफ्ना पुत्र इसहाकदेखि टाढा पूर्वको देशमा पठाइदिए।

7 अब्राहाम एक सय पचहत्तर वर्षसम्म बाँचे।

8 तब अब्राहाम आफ्नो पूरा बुढेसकालमा, एक वृद्ध मानिस भएर र पूरा आयुमा तिनको मरे; अनि आफ्ना मानिसहरूसित मिल्न गए।

9 तिनका छोराहरू इसहाक र इश्माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा, मम्रेको छेउमा भएको मक्पेलाको ओडारमा गाडे;

10 त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहाँ अब्राहाम आफ्नी पत्नी सारासँगै गाडिए।

11 अब्राहामको मृत्युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष् दिनुभयो; अनि तिनी बेअर-लहै-रोइको नजिक बसे।

12 अब्राहामका छोरा इश्माएलको विवरण यही हो, जसलाई साराकी सेविका इजिप्टियन हागारले अब्राहामका निम्ति जन्माएकी थिइन्।

13 जन्म क्रमअनुसार इश्माएलका छोराहरूका नाम यिनै हुन्:

14 मिश्मा, दुमा, मस्सा,

15 हदद, तेमा, यतूर,

16 इश्माएलका छोराहरू यिनै हुन्, र बस्ती र छाउनीहरूअनुसार बाह्र कुलका शासकहरूका नाम यिनै हुन्।

17 इश्माएल जम्मा एक सय सैँतीस वर्षसम्म बाँचे; त्यसपछि तिनको मृत्यु भयो, र आफ्ना मानिसहरूसँगै माटोमा मिल्न गए।

18 तिनका सन्ततिहरू अश्शूरतिरको इजिप्टको पूर्वी सिमाना छेउको हवीलादेखि शूरसम्मका ठाउँहरूमा बसोबास गरे। अनि तिनीहरू आफ्ना सबै दाजुभाइहरूसित दुश्मनी लिएर बसे।

19 अब्राहामका छोरा इसहाकको विवरण यही हो।

20 अनि पद्दन-अरामका अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी रिबेकासित विवाह हुँदा इसहाक चालीस वर्षका थिए।

21 आफ्नी पत्नी बाँझी भएकाले उनको पक्षमा इसहाकले याहवेहसित प्रार्थना गरे। याहवेहले तिनको प्रार्थनाको जवाफ दिनुभयो, र तिनकी पत्नी रिबेका गर्भवती भइन्।

22 तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्।

23 तब याहवेहले तिनलाई भन्‍नुभयो,

24 जब तिनको जन्माउने समय आयो; तिनको गर्भमा जुम्ल्याह बालकहरू थिए।

25 पहिले निस्कने रातो वर्णको थियो; अनि त्यसको सम्पूर्ण शरीर रौँको वस्त्रझैँ थियो; र तिनीहरूले त्यसको नाम एसाव राखे।

26 त्यसपछि उनको भाइ जन्मियो; जसले एसावको कुर्कुच्‍चा समातेको थियो; यसकारण त्यसको नाम याकोब राखियो। रिबेकाले तिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।

27 ती बालकहरू बढ्दै गए; अनि एसाव एउटा सिपालु शिकारी, खुला मैदानको मानिस भए; याकोबचाहिँ शान्त स्वभावका थिए, र तिनी पालमै बसिरहन्थे।

28 इसहाक शिकारको मासु खान रुचाउने हुनाले एसावलाई माया गर्थे; तर रिबेकाले चाहिँ याकोबलाई माया गर्थिन्।

29 एकपल्ट याकोबले सुरुवा पकाइरहेका बेलामा एसाव खुला मैदानबाट साह्रै भोकाएर आए।

30 एसावले याकोबलाई भने, “झट्टै मलाई त्यो रातो सुरुवा देऊ! म भोकले मर्नै लागेँ!” (त्यसैकारण तिनलाई एदोम पनि भनिन्थ्यो।)

31 याकोबले जवाफ दिए, “पहिले आफ्नो ज्येष्‍ठ अधिकार मलाई बेच।”

32 एसावले भने, “हेर, म त मर्नै लागेको छु। अब मेरो निम्ति ज्येष्‍ठ अधिकारको के काम?”

33 तर याकोबले भने, “पहिले शपथ खाएर मलाई भन।” यसकारण तिनले शपथ खाए, र आफ्नो ज्येष्‍ठ अधिकार याकोबलाई बेचे।

34 तब याकोबले एसावलाई केही रोटी र दालको सुरुवा दिए। तिनले त्यो खाए, पिए, र उठेर गइहाले।

Ler em outra tradução

Comparar lado a lado