Ezequiel 24

NPIONCB

1 नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:

2 “हे मानिसको छोरा, यस दिनलाई लेखिराख्, आजकै दिनलाई लेखिराख्; किनकि बेबिलोनको राजाले आजकै दिन यरूशलेमलाई घेरा हालेको छ।

3 यी विद्रोही मनिसहरूलाई एउटा उखान बताइदिएर तिनीहरूलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

4 भाँडोभित्र मासुका टुक्राहरू हाल्,

5 बगालबाट सबैभन्दा असल पशु छानेर ली।

6 “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

7 “ ‘किनकि त्यसले बगाएको रगत त्यसकै बीचमा छ:

8 क्रोधलाई सुर्‍याउन र बदला लिन

9 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

10 यसकारण दाउराको थुप्रो लगा,

11 तब रित्तो भाँडालाई नतात्तिएसम्म

12 यसले सबै प्रयासहरूलाई निराश तुल्याइदिएको छ;

13 “ ‘अहिले तेरो अशुद्ध कुराहरू तेरो कामुकता हो। मैले तँलाई शुद्ध गर्ने कोसिस गरेँ, तर तँ आफ्नो अशुद्धताबाट शुद्ध हुनेछैनस्; तेरो विरुद्धमा मेरो क्रोध शान्त नभएसम्म तँ फेरि शुद्ध हुनेछैनस्।

14 “ ‘म याहवेहले नै भनेको हुँ। मेरा निम्ति काम गर्ने समय आएको छ। म पछि हट्नेछैनँ; म दया देखाउनेछैनँ, न त म पछुताउनेछु। तेरो चाल र कामहरूअनुसार तेरो न्याय हुनेछ, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”

15 याहवेहको वचन मकहाँ आयो:

16 “हे मानिसको छोरा, एकै प्रहारमा म तेरो आँखाको खुशीलाई लैजान लागेको छु। तापनि विलाप नगर्, नरो, र तेरा आँखाबाट आँसु नबगा।

17 चुपचाप सुस्केरा हाल्; मृतकको निम्ति शोक नगर्। तेरो फेटा बाँधिराख् र तेरा खुट्टामा जुत्ता लगाइराख्; तेरो दाह्री वा जुङ्गालाई नछोप्, न त रीतिअनुसार शोक गर्नेहरूको भोजन खा।”

18 यसरी मैले बिहान मानिसहरूसँग भनेँ, र बेलुका मेरी पत्नीको मृत्यु भयो। भोलिपल्ट मलाई आज्ञा गरिएअनुसार मैले गरेँ।

19 तब मानिसहरूले मलाई भने, “यी कुराहरूको हामीसित के सम्बन्ध छ र, के तिमी हामीलाई भन्दैनौ?”

20 यसकारण मैले तिनीहरूलाई भनेँ, “याहवेहको वचन मकहाँ आयो:

21 इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म मेरो पवित्रस्थान—जुन किल्‍लामा तिमीहरू घमण्ड गर्छौ, तिमीहरूका आँखाका खुशी, तिमीहरूले धेरै प्रेम गर्ने स्थानलाई अपवित्र पार्न लागेको छु। तिमीहरूले छोडेका छोराछोरीहरू तरवारद्वारा मारिनेछन्।

22 तब तिमीहरूले मैले गरेझैँ गर्नेछौ। तिमीहरूले आफ्ना दाह्री वा जुङ्गालाई छोप्नेछैनौ, न त रीतिअनुसार शोक गर्नेहरूका भोजन खानेछौ।

23 तिमीहरूले तिमीहरूका फेटा आफ्ना शिरमाथि नै राख्नेछौ, र तिमीहरूका जुत्ता खुट्टामा लगाएकै हुनेछौ। तिमीहरूले शोक गर्नेछैनौ अथवा रुनेछनौ, तर आफ्ना पापको कारण तिमीहरू सुक्दै जानेछौ र आफैँभित्र सुस्केरा हाल्नेछौ।

24 इजकिएल तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ; त्यसले गरेझैँ तिमीहरूले गर्नेछौ। जब यो कुरा हुन्छ, तब तिमीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछौ।’

25 “अनि हे मानिसको छोरा, मैले तिनीहरूको किल्‍ला, तिनीहरूको आनन्द र गौरव, तिनीहरूका आँखाको खुशी, तिनीहरूको हृदयले चाहना गर्ने स्थान र तिनीहरूका छोराछोरीहरू पनि लगेको दिन;

26 त्यस दिन एक जना भागेर बाँचेको व्यक्ति तँकहाँ समाचार दिन आउनेछ।

27 त्यस बेला तेरो मुख खोलिनेछ; तँ त्यससित बोल्नेछस्, र फेरि कहिल्यै चुपचाप रहनेछैनस्। यसरी तिनीहरूका निम्ति तँ एउटा चिन्ह हुनेछस्, र तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”

Ler em outra tradução

Comparar lado a lado