1 त्यस रात राजा सुत्नै सकेनन्; यसकारण तिनले आफ्नो शासनकालको ऐतिहासिक विवरणहरूको पुस्तक पढेर सुनाउने हुकुम गरे।
2 अनि त्यस विवरणमा राजा अहासूरसको विरुद्ध षड्यन्त्र रचेर राजालाई मार्न खोज्ने द्वारपालहरू, बिग्थाना र तेरेशको योजनाको बारेमा मोर्दकैले बताइदिएको विषयमा लेखिएको थियो।
3 अनि राजाले सोधे, “यस कामका लागि मोर्दकैलाई कुन सम्मान र कस्तो इनाम दिइयो त?”
4 अनि राजाले सोधे, “चोकमा को छ?” त्यस बेला हामान मोर्दकैलाई झुण्ड्याउन तयार पारेको फाँसीको काठको विषयमा राजासित कुरा गर्न भनी राजमहलको बाहिरी चोकभित्र प्रवेश गरेका थिए।
5 यसकारण राजाका सेवकहरूले तिनलाई भने, “चोकमा हामान उभिरहेका छन्।”
6 जब हामान भित्र पसे, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन चाहेको मानिसलाई के गरिनुपर्छ?”
7 यसकारण तिनले राजालाई जवाफ दिए, “जुन मानिसलाई सम्मान दिन राजा इच्छुक हुनुहुन्छ,
8 उहाँले लगाउनुभएको राजकीय वस्त्र ल्याइयोस्, उहाँ सवार हुनुहुने घोडा र शिरमा लगाइएको मुकुट ल्याइयोस्।
9 त्यसपछि त्यो वस्त्र र त्यो घोडा राजाका मुख्य राजकुमारहरूमध्ये एक जनाको जिम्मामा दिइयोस्। तिनीहरूले राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई त्यो वस्त्र पहिर्याइदेऊन्; अनि तिनलाई त्यस घोडामाथि सवार गराएर सहरका सडकहरूमा डोर्याऊन्, र तिनको अगि-अगि यसो भनेर घोषणा गर्दै जाऊन् ‘राजाले सम्मान दिन चाहेका मानिसलाई यसै गरिन्छ।’ ”
10 तब राजाले हामानलाई आज्ञा दिए, “झट्टै गएर वस्त्र र घोडा ल्याऊ, र तिमीले सल्लाह दिएअनुसार राजाको मूलढोकामा बसिरहेका यहूदी मोर्दकैको निम्ति त्यसै गर। तिमीले सिफारिस गरेका कुनै पनि कुरा नछोड्नू।”
11 यसकारण हामानले त्यो वस्त्र र त्यो घोडा ल्याए। तिनले मोर्दकैलाई वस्त्र पहिर्याए; अनि घोडामा चढाएर सहरका सडकहरूमा, “राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई यस्तै गरिन्छ!” भन्दै घोषणा गर्दै डोर्याए।
12 त्यसपछि मोर्दकै राजाको मूलढोकामा फर्किआए। तर हामानचाहिँ शोकले झुकेको शिर छोपेर हतार-हतार गर्दै घरतिर गए।
13 अनि आफ्नी पत्नी जेरेश र आफ्ना सबै साथीहरूलाई तिनीमाथि भएका सबै कुरा बताए।
14 तिनीहरू हामानसित कुरा गरिरहेकै बेला राजाका नपुंसकहरू आए; अनि एस्तरले तयार पारेको भोजमा तिनलाई लगिहाले।