Ester 10

NPIONCB

1 राजा अहासूरसले राज्यभरि अन्तिम सिमानासम्म राजकर तिर्न लगाए।

2 अनि तिनको शक्ति र पराक्रमका सबै कामहरू, राजाले मोर्दकैलाई पदोन्‍नति गरेका कुराहरू, साथै तिनको महानताका सम्पूर्ण विवरणहरू, मादी र परसीयाका राजाहरूका इतिहासका पुस्तकहरूमा लेखिएका छन्।

3 यहूदी मोर्दकै, राजा अहासूरसपछि दोस्रो दर्जामा थिए। यहूदीहरूका बीचमा सर्वश्रेष्‍ठ र आफ्ना सबै यहूदीहरूद्वारा सम्मानित थिए; किनकि तिनले आफ्ना मानिसहरूका भलाइको काम गरेका थिए, र सारा यहूदीहरूको भलाइका निम्ति बोलेका थिए।

Ler em outra tradução

Comparar lado a lado