Eclesiastes 6

NPIONCB

1 मैले सूर्यमुनि अर्को एउटा खराबी देखेँ, जो मानिस जातिहरूका बीचमा अति व्यापक भएको छ।

2 परमेश्‍वरले कसैलाई धन, सम्पत्ति र इज्जत दिनुहुन्छ; अनि त्यसको हृदयले चाहेका कुनै कुराको अभाव त्यसलाई हुँदैन, तर उहाँले त्यसबाट आनन्दित हुने क्षमता भने दिनुहुन्‍न। बरु त्यसको सट्टामा एउटा अपरिचित व्यक्ति आएर ती कुराको आनन्द लिँदछ; यो अर्थहीन हो र दुःखलाग्दो खराबी हो।

3 कुनै मानिस एक सय छोराछोरीसहित धेरै वर्ष बाँच्ला, तर जति नै लामो त्यसको आयु भए तापनि त्यसले आफ्नो समृद्धिको आनन्द भोग गर्न सक्दैन, र मरेपछि राम्ररी मृत-संस्कार पाउँदैन भने म भन्छु, त्यो मानिसभन्दा त एउटा नजन्मँदै तुहेको बच्‍चा नै असल हो।

4 त्यो अर्थहीनमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ; अनि त्यसको नाम अन्धकारमा नै हराउँछ।

5 त्यसले कहिल्यै सूर्य देखेको हुँदैन, र केही कुरा जानेको पनि हुँदैन; तर त्यस मानिसले भन्दा त धेरै आराम पाउँदछ—

6 यदि त्यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्नो समृद्धिको सुख भोग गर्न असफल हुन्छ भने आखिरमा सबै एउटै ठाउँमा जाँदैनन् र?

7 मानिसले जति परिश्रम गर्दछ, त्यो पेट भर्नको निम्ति मात्र हो,

8 एउटा बुद्धिमान् मानिसलाई मूर्खबाट के लाभ हुन्छ र?

9 आँखासामु जे छ, त्यसमा सन्तुष्‍ट हुनु

10 जे छँदैछ, त्यसलाई नाम दिइसकिएको छ,

11 जति धेरै कुरा,

12 किनकि छायाजस्तै बितेर जाने मानिसको जीवनको यो छोटो र अर्थहीन दिनहरूमा, त्यसको लागि कुन कुरो असल छ भनी कसले जान्दछ र? त्यो मरेपछि सूर्यमुनि के हुनेछ, त्यसलाई कसले बताउन सक्छ र?

Ler em outra tradução

Comparar lado a lado