1 त्यसपछि मैले सिंहासनमा बस्नुहुनेको दाहिने हातमा एउटा चर्मपत्र देखेँ, जसको दुवैतिर लेखिएको थियो; र सात वटा मोहरहरूले बन्द गरिएको थियो।
2 अनि मैले एउटा बलवान् स्वर्गदूतलाई देखेँ, जसले चर्को सोरले यसरी घोषणा गर्दैथिए, “यी मोहरहरू तोडेर चर्मपत्र खोल्ने योग्यको को छ?”
3 तर स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि भएका कसैले पनि त्यस चर्मपत्रलाई खोल्न र पढ्न सकेनन्।
4 म रोइरहेँ किनकि त्यस चर्मपत्र खोल्ने र पढ्ने योग्यको कोही पनि पाइएन।
5 तब धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाको कुलको सिंह, दावीदको सिंहासनको उत्तराधिकारी यो चर्मपत्र र यी सात वटा मोहरहरू खोल्न विजयी हुनुभएको छ।”
6 तब मैले मारिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखेँ, जसको चारैतिर चार वटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सात वटा सिङहरू अनि सात वटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्वरका सात आत्माहरू हुन्।
7 थुमाले सिंहासनमा बस्नुहुनेको दाहिने हातबाट त्यो चर्मपत्र लिनुभयो।
8 अनि जब त्यो लिनुभयो, तब ती चार वटा जीवित प्राणीहरू र चौबीसजना प्रधानहरू त्यस थुमाको सामु घोप्टो परे। प्रत्येकसित एउटा वीणा थियो, र तिनीहरूले धूपले भरिएका सुनका धुपौराहरू पक्रेका थिए, जुन सन्तहरूका प्रार्थना हुन्।
9 अनि तिनीहरूले एउटा नयाँ गीत गाए:
10 तपाईंले तिनीहरूलाई हाम्रा परमेश्वरको सेवा गर्नलाई
11 तब मैले दर्शनमा सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो।
12 चर्को सोरमा तिनीहरूले यो गीत गाए:
13 तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ:
14 चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे।