2 Samuel 9

NPIONCB

1 दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?”

2 शाऊलको घरानाका एक जना सीबा नामको नोकर थियो। तिनीहरूले त्यसलाई दावीदको सामु देखा पर्न बोलाए, तब राजाले त्यसलाई भने, “के तँ सीबा होस्?”

3 राजाले सोधे, “के शाऊलको घरानामा अझै कोही छोडिएको छ, जसलाई म परमेश्‍वरको दया देखाउन सकूँ?”

4 राजाले सोधे, “तिनी कहाँ छन्?”

5 यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए।

6 जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे।

7 दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्‍चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।”

8 मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?”

9 तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु।

10 तँ, तेरा छोराहरू र तेरा सेवकहरूले तिनका निम्ति त्यस जमिनमा खेतीबाली लगाउनू, र अन्‍नबाली भित्र्याउनु, ताकि तेरा मालिकका नातिको भोजन उपलब्ध होस्। तेरा मालिकका नाति मपीबोशेतले चाहिँ मेरो टेबुलमा सधैँ खानेछन्।” (सीबाका पन्ध्र छोराहरू र बीस जना नोकरहरू थिए।)

11 तब सीबाले राजालाई भने, “मेरो मालिक राजाले सेवकलाई जे आज्ञा गर्नुहुन्छ, तपाईंको सेवकले त्यो सबै गर्नेछ।” यसरी मपीबोशेतले राजाकै छोराहरूले जस्तै दावीदको टेबुलमा खाए।

12 मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए।

13 मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे।

Ler em outra tradução

Comparar lado a lado