1 जब याहवेहले दावीदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो, तब तिनले याहवेहका निम्ति गाएको भजनका शब्दहरू यस्तो थियो।
2 तिनले भने:
3 मेरा परमेश्वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु।
4 म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ;
5 मृत्युका छालहरूले मलाई घेरे;
6 चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले;
7 मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ;
8 पृथ्वी काम्यो, र हल्लियो;
9 उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो;
10 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो;
11 करूबहरूमा सवार भएर उहाँ उड्नुभयो;
12 उहाँले अन्धकारलाई आफ्नो ओढ्ने मण्डप तुल्याउनुभयो;
13 उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो,
14 याहवेह स्वर्गबाट गर्जनुभयो;
15 उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो;
16 हे याहवेह, तपाईंको हप्काइमा
17 उहाँले माथि उच्चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो;
18 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो,
19 मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे,
20 उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो;
21 याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ;
22 किनकि म याहवेहको मार्गमा चलेको छु;
23 उहाँका सारा नियमहरू मेरा अगि छन्;
24 म उहाँको अगि निर्दोष रहेको छु;
25 याहवेहले मेरो धार्मिकताअनुसार
26 विश्वासयोग्यसँग तपाईं आफूलाई विश्वासयोग्य रूपमा देखाउनुहुन्छ,
27 शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ;
28 तपाईं नम्रहरूलाई बचाउनुहुन्छ;
29 हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ;
30 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु;
31 परमेश्वरको बारेमा भन्नुपर्दा, उहाँका मार्ग सिद्ध छ:
32 किनकि याहवेहबाहेक अर्को परमेश्वर को छ र?
33 उनै परमेश्वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ;
34 उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ;
35 उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ;
36 तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ,
37 तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ;
38 मेरा शत्रुहरूलाई मैले खेदेर तिनीहरूलाई नाश गरेँ;
39 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्;
40 तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ;
41 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ,
42 तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन।
43 मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ;
44 तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो;
45 विदेशीहरू मेरा अगि झुक्दछन्;
46 तिनीहरूको सारा साहस हराउँछन्;
47 याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्!
48 उहाँ मेरो परमेश्वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ,
49 जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ।
50 यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;
51 “उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ;