2 Samuel 16

NPIONCB

1 जब दावीद डाँडाको टाकुराबाट केही पर पुगे, तब त्यहाँ मपीबोशेतको सेवक सीबा तिनलाई भेट्न पर्खिरहेका थिए। तिनीसँग दुई सय रोटी, किसमिसका एक सय झुप्पा, नेभाराका एक सय डल्‍ला र एक मशक दाखमद्यको भारीले लादिएका गधाहरू थिए।

2 राजाले सीबालाई सोधे, “तिमीले यी सबै कुरा किन ल्याएका हौ?”

3 तब राजाले तिनलाई सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्?”

4 तब राजाले सीबालाई भने, “मपीबोशेतसँग भएका सबै थोक अब तिम्रै हुन्।”

5 जब दावीद राजा बहूरीममा आइपुगे, तब त्यहाँ शाऊलका घरानाकै एक जना मानिस निस्कियो। त्यो गेराको छोरो शिमी थियो। त्यो सराप्दै बाहिर निस्केर आयो।

6 दावीदका दायाँ-बायाँ सेना र विशेष अङ्गरक्षकहरू भए तापनि त्यसले दावीद र राजाका सबै अधिकृतहरूमाथि अन्धाधुन्ध ढुङ्गा हान्‍न थाल्यो।

7 तब शिमीले सराप्दै भन्यो, “ए बदमास, ए हत्यारा, तँ यहाँबाट निस्किहाल्!

8 तैँले शाऊलको घरानामा रगत बगाएर तिनको ठाउँमा राज्य गरेको कारण याहवेहले तँलाई बदला लिनुभएको छ। याहवेहले त्यो राज्य, तेरो छोरा अब्शालोमलाई दिनुभएको छ। तँ हत्यारा भएको कारण तेरो सर्वनाश आएको छ!”

9 तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “यस मरेको कुकुरले मेरा मालिक महाराजालाई किन सराप्छ? मलाई त्यसको शिर काट्ने आज्ञा दिनुहोस्।”

10 तर राजाले भने, “हे सरूयाहका छोराहरू हो, यदि उसलाई याहवेहले, ‘दावीदलाई सरापोस्’ भनी भन्‍नुभएको कारण सराप्दै छ भने, ‘तैँले यस्तो किन गरेको’ भनेर कसले त्यसलाई सोध्न सक्छ र?”

11 तब दावीदले अबीशै र आफ्ना सबै अधिकृतहरूलाई भने, “मेरो छोरा, मेरो आफ्नै रगत र मासुले त मेरा प्राण लिन खोजिरहेछ भने अब यस बेन्यामीनीले त झन् बढी गर्नेछ! त्यसलाई छोडिदेऊ; त्यसले सरापोस्। किनकि याहवेहले त्यसलाई त्यसै गर्नू भनी भन्‍नुभएको छ।

12 सायद यस्तो पनि हुन सक्छ, याहवेहले आज मैले पाइरहेको सरापको पीडा देख्नुहुनेछ, र शिमीको सरापको साटो उहाँको करारको आशिष् मलाई फेरि दिनुहुनेछ।”

13 यसरी दावीदचाहिँ तिनका मानिसहरूसँग आफ्नो बाटो लागिरहे। अनि शिमीचाहिँ तिनीहरूको बाटोको पारिपट्टि डाँडाको बाटोतिरबाट तिनलाई सराप्दै, तिनीमाथि ढुङ्गा हान्दै र धुलो फ्याँक्दै गयो।

14 राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्नो गन्तव्यमा आइपुग्दा थाकिसकेका थिए। तिनीहरूले त्यहीँ थकाइ मारे।

15 यसै बीचमा अब्शालोम र इस्राएलका सबै मानिसहरू यरूशलेममा आइपुगे। अहीतोपेल पनि तिनीसँग थिए।

16 तब दावीदका मित्र अरकी हूशै अब्शालोमकहाँ गएर तिनलाई भने, “राजा अमर रहून्! राजा अमर रहून्!”

17 अब्शालोमले हूशैलाई भने, “के तपाईंले आफ्नो मित्रलाई देखाएको प्रेम यही हो? यदि तपाईं उहाँको मित्र हो भने उहाँसँग किन जानुभएन?”

18 हूशैले अब्शालोमलाई भने, “होइन; तर याहवेहले, यी मानिसहरूले अनि इस्राएलका सारा मानिसहरूले जसलाई चुन्छन्, उहाँकै म हुनेछु, अनि उहाँसँगै म रहनेछु।

19 फेरि मैले तपाईंबाहेक कसको सेवा गर्ने? के मैले छोराको सेवा नगर्ने? मैले तपाईंको पिताको सेवा गरेझैँ तपाईंको पनि सेवा गर्नेछु।”

20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई सल्‍लाह दिनुहोस्। अब हामी के गरौँ?”

21 तब अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “तपाईंका पिताले महलको हेरचाह गर्न भनी छोडिराख्नुभएका उहाँका उपपत्नीहरूसित सुत्नुहोस्। तब तपाईंले आफ्नो पितालाई अपमानित तुल्याएको कुरा सारा इस्राएलले सुन्‍नेछन्। अनि तपाईंसित भएका सबै मानिसहरूको विश्‍वास अझ बलियो हुनेछ।”

22 यसकारण तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए। तिनी सारा इस्राएलकै आँखा अगाडि आफ्ना पिताका उपपत्नीहरूसँग सुते।

23 ती दिनहरूमा अहीतोपेलले दिएका सल्‍लाहचाहिँ परमेश्‍वरलाई सोधेर लिइएको सल्‍लाहजस्तै मानिन्थ्यो। दावीद र अब्शालोम दुवैले अहीतोपेलका सारा सल्‍लाहलाई उच्‍च सम्मानका साथ कदर गर्थे।

Ler em outra tradução

Comparar lado a lado