2 Reis 4

NPIONCB

1 एक दिन अगमवक्ताहरूको दलका एउटी मानिसकी पत्नीले एलीशालाई बिन्ती गरिन्, “तपाईंका सेवक मेरा पतिको मृत्यु भयो। उहाँले याहवेहको भय मान्‍नुहुन्थ्यो भनी तपाईं जान्‍नुहुन्छ। तर अब उहाँलाई ऋण दिने व्यक्ति मेरा दुई छोराहरूलाई आफ्ना दास बनाउन भनी आउँदैछन्।”

2 एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गर्न सक्छु? तिम्रो घरमा के छ? मलाई बताऊ!”

3 एलीशाले भने, “चारैतिर गएर तिम्रा छिमेकीहरूबाट आफ्ना निम्ति सक्दो रित्ता भाँडाहरू बटुल।

4 तब आफ्ना छोराहरूलाई भित्र राखेर ढोका थुन। अनि सबै भाँडाहरूमा तेल खन्याऊ, र भरिएका भाँडोलाई चाहिँ एकातिर राख।”

5 तब तिनी त्यहाँबाट गइन्, र आफ्ना छोराहरूसित भित्र पसेपछि ढोका थुनिन्। तिनीहरूले ती भाँडाहरू उनीकहाँ ल्याए, र तिनले तेल भर्न थालिन्।

6 सबै भाँडाहरू भरिएपछि तिनले एउटा छोरालाई भनिन्, “मलाई अर्को भाँडो देऊ।”

7 त्यसपछि ती विधवा गएर परमेश्‍वरका जनलाई यो कुरा बताइन्। अनि तिनले भने, “जाऊ, गएर त्यो तेल बेचेर आफ्नो ऋण तिर। उब्रेकोबाट तिमी र आफ्ना छोराहरूसित जीविका चलाउन सक्नेछौ।”

8 एक दिन एलीशा शूनेममा गए। त्यहाँ एउटी सम्पन्‍न स्त्री बस्थिन्। उनले तिनलाई भोजनका निम्ति आग्रह गरिन्। यसैले तिनी जहिले त्यहाँबाट भएर जान्थे, तब तिनी खाना खान त्यहीँ जान्थे।

9 तिनले आफ्ना पतिलाई भनिन्, “हाम्रो यस बाटो भएर घरी-घरी आइरहने यी मानिस परमेश्‍वरका पवित्र जन हुन् भनी म जान्दछु।

10 हामी कौसीमा एउटा सानो कोठा बनाइदिऔँ। त्यहीँ तिनका निम्ति एउटा पलङ, एउटा टेबुल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔँ। जब तिनी हामीकहाँ आउँछन्, तब तिनी त्यहीँ बस्‍ने गरून्।”

11 एक दिन एलीशा आएर माथि आफ्नो कोठामा पसे, र त्यहीँ ढल्के।

12 तिनले आफ्नो सेवक गेहजीलाई भने, “त्यस शूनम्मी स्त्रीलाई बोलाएर ले।” यसकारण त्यसले उनलाई बोलायो र उनी तिनको सामु उभिइन्।

13 एलीशाले तिनलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्ति यी सबै कष्‍ट उठाएकी छौ। अब तिम्रा निम्ति हामी के गरौँ? तिम्रो पक्षमा के हामी राजा वा सेनाका सेनापतिसित कुरा गरिदिऔँ?’ ”

14 एलीशाले सोधे, “तिनका निम्ति के गर्न सकिन्छ त?”

15 तब एलीशाले भने, “तिनलाई बोला।” यसकारण त्यसले तिनलाई बोलायो, र तिनी ढोकामा उभिइन्।

16 एलीशाले भने, “आउँदो वर्ष लगभग यही समयमा तिमीले आफ्नो काखमा एउटा छोरा खेलाइरहेकी हुनेछौ।”

17 नभन्दै ती स्त्री गर्भवती भइन्; र अर्को वर्ष एलीशाले तिनलाई भनेझैँ त्यही तोकिएको समयमा एउटा छोरा जन्माइन्।

18 त्यो बालक कदमा हुर्कन थाल्यो। एक दिन ऊ आफ्ना बुबाकहाँ गयो। बुबाचाहिँ कटनी गर्नेहरूसित खेतमा थिए।

19 त्यसले आफ्नो बुबालाई भन्यो, “बुबा, मेरो टाउको दुख्यो! मेरो टाउको दुख्यो!”

20 त्यस नोकरले त्यसलाई उठाएर त्यसकी आमाकहाँ पुर्‍याइदियो। तब ऊ मध्यदिनसम्म नै आफ्नी आमाको काखमा सुतिरह्‍यो। त्यसपछि ऊ मर्‍यो।

21 तब ती स्त्री माथि गइन्, र उसलाई त्यस परमेश्‍वरका जनको पलङमा सुताइन्। अनि ढोका थुनिराखेर तिनी बाहिर निस्किन्।

22 तब तिनले आफ्ना पतिलाई बोलाएर भनिन्, “दया गरी मकहाँ एउटा सेवक र एउटा गधा पठाइदिनुहोस्। म चाँडो गरी परमेश्‍वरका जनकहाँ गएर फर्कनेछु।”

23 तिनले सोधे, “आज नै तिमी तिनीकहाँ किन जान्छ्यौ? आज न औँसी, न त शब्बाथको दिन नै हो।”

24 तब तिनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “मैले तँलाई रोक् नभनेसम्म गधा दौडाइराख्; ढिलो नगर्।”

25 यसकारण तिनले यात्रा सुरु गरिन् र कर्मेल पर्वतमा परमेश्‍वरका जनकहाँ आइपुगिन्।

26 दौडेर जा, र तिनलाई सोध्, ‘के तिमी कुशल नै छौ? के तिम्रा पति कुशलै छन्? अनि तिम्रो बालक कुशलै त छ नि?’ ”

27 पर्वतमा परमेश्‍वरका जनकहाँ पुगेर तिनले उनका पाउमा पक्रिन्। तर तिनलाई हटाउन भनी गेहजी आइपुग्यो तर परमेश्‍वरका जनले भने, “तिनलाई एकलै छोडिदेऊ! तिनी ठूलो कष्‍टमा छिन्। तर याहवेहले यो कुरा मबाट लुकाउनुभएको छ। कारण के हो, सो मलाई बताउनुभएको छैन।”

28 तिनले भनिन्, “मेरा मालिक, के मैले तपाईंसित छोरा मागेकी थिएँ र? के मैले तपाईंलाई ‘मलाई आशा नबढाइदिनुहोस्’ भनी भनेको थिइनँ र?”

29 एलीशाले गेहजीलाई भने, “आफ्नो खास्टो कम्मरमा कस्, र मेरो लहुरो आफ्नो हातमा लिएर दौडी जा। यदि तैँले कसैलाई भेटिस् भने त्यसलाई अभिवादन नगर्नू, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदिनू। गएर मेरो लहुरो त्यस केटाको अनुहारमा राखिदे।”

30 तर त्यस बालककी आमाले भनिन्, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण एलीशा उठेर त्यस स्त्रीको पछि लागे।

31 तब गेहजी अगि-अगि गयो र त्यो लहुरो त्यस बालकको अनुहारमाथि राखिदियो। तर त्यहाँ कुनै आवाज आएन; न त कुनै प्रतिक्रिया नै आयो। यसकारण गेहजी एलीशालाई भेट्न फर्केर गयो, र त्यसले तिनलाई भने, “त्यो केटो त बिउँझेन।”

32 एलीशा घरमा पुग्दा त्यो केटो आफ्नो पलङमा मरिसकेको अवस्थामा भेट्टाए।

33 यसकारण तिनी भित्र गए, र ढोका थुने; अनि याहवेहसित प्रार्थना गरे।

34 तब तिनी पलङमाथि चढे; अनि आफ्नो मुख, आफ्नो आँखा र आफ्नो हात उसको मुख, आँखा र हातमा राखेर त्यस केटामाथि पस्रिए। तिनी त्यस केटोमाथि लम्पसार पर्दा त्यस केटोको शरीर तातिन थाल्यो।

35 तब एलीशा उठे, र कोठामा यताउता हिँडे। अनि फेरि एकपल्ट फर्केर गई त्यस केटोमाथि त्यसरी नै पस्रिए। तब त्यस केटोले सातपल्ट हाच्छिउँ गर्‍यो; अनि त्यसले आफ्ना आँखाहरू खोल्यो।

36 तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्मी स्त्रीलाई बोला।” अनि त्यसले बोलायो। ती स्त्री आएपछि तिनले भने, “आफ्नो छोरालाई लैजाऊ।”

37 तब तिनी भित्र आइन्, र तिनको पाउमा परेर भुइँसम्मै निहुरिन्। तब तिनले आफ्नो छोरालाई लिएर बाहिर निस्किन्।

38 एक दिन एलीशा गिलगालमा फर्के। अनि त्यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूका दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्नो सेवकलाई भने, “एउटा ठूलो भाँडा बसाल् र यी मानिसहरूका निम्ति केही भोजन पका।”

39 तीमध्ये एक जनाचाहिँ सागपात बटुल्न खेततिर गए। अनि त्यसले एउटा जङ्गली लहरा भेट्टायो। त्यसले त्यसका केही फल पोल्टोभरि लिएर आयो। त्यो फर्किआएपछि त्यसलाई काटेर भोजनको भाँडामा हाल्यो। तर कसैलाई पनि त्यो के हो भनेर थाहा थिएन।

40 त्यो भोजन मानिसहरूका निम्ति पस्किइयो, तर तिनीहरूले खान थालेपछि तिनीहरूले चिच्याएर भने, “हे परमेश्‍वरका जन, भाँडामा त मृत्यु पो रहेछ!” अनि तिनीहरूले त्यो खान सकेनन्।

41 तब एलीशाले भने, “केही पिठो ल्याऊ।” तिनले त्यो पिठो भाँडामा हालेर भने, “अब मानिसहरूलाई यो खान देऊ।” यस पटक भने त्यस भाँडामा कुनै हानिकारक कुरा थिएन।

42 बाल-शालीशाबाट एक जना मानिस अन्‍नको पहिलो फलबाट बनिएका बीस वटा जौका रोटीहरू र नयाँ अन्‍नका बालाहरू परमेश्‍वरको जनको निम्ति लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई ती खानेकुराहरू खान देऊ।”

43 तब तिनका सेवकले सोध्यो, “यो कुरा कसरी मैले एक सय जना मानिसहरूका अगि राखिदिऊँ?”

44 तब त्यसले त्यो तिनीहरूका सामु राखिदियो। अनि तिनीहरूले खाए, र याहवेहको वचनअनुसार केही खानेकुरा उब्रियो।

Ler em outra tradução

Comparar lado a lado