2 Crônicas 21

NPIONCB

1 त्यसपछि यहोशापात आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोराम राजा भए।

2 यहोरामका भाइहरू, जो यहोशापातका अरू छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याहु, मिखाएल र शपत्याह थिए। यिनीहरू सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए।

3 तिनीहरूका पिताले तिनीहरूलाई चाँदी, सुन र बहुमूल्य चीजहरूका उपहारहरू र यहूदामा सुरक्षित सहरहरू दिएका थिए। तर राज्यचाहिँ यहोरामलाई दिएका थिए; किनकि तिनी उनका जेठा छोरा थिए।

4 जसै यहोरामले आफ्ना पिताको राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे, तिनले आफ्ना सबै भाइहरूलाई इस्राएलका केही अधिकारीहरूसितै तरवारले मारे।

5 राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे।

6 तिनी आहाबका घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालहरूमा हिँडे; किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।

7 तरै पनि याहवेहले दावीदसित बाँध्नुभएको करारको कारण याहवेहले दावीदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले सदाको निम्ति तिनी र तिनका घरानाका निम्ति प्रकाश दिने एउटा बत्ती दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो।

8 यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे।

9 यसकारण यहोराम आफ्ना अधिकृतहरू र आफ्ना रथहरू लिएर त्यहाँ गए। एदोमीहरूले तिनलाई र तिनका रथका सेनापतिहरूलाई घेरे। तर तिनी उठेर त्यस घेराबाट राति नै छिरेर गए।

10 आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ।

11 तिनले यहूदाका डाँडाहरूमा अग्ला देवस्थानहरू पनि बनाए, अनि यरूशलेमका मानिसहरूलाई वेश्यावृत्ति गर्न लगाएर भ्रष्‍ट पारे।

12 यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए, जसमा यसरी लेखिएको थियो:

13 तर इस्राएलका घरानाका राजाहरूका चालहरूमा हिँडेको छस्; अनि आहाबका घरानाले गरेझैँ तैँले यहूदा र यरूशलेमका मानिसहरूलाई वेश्यावृत्तितिर डोर्‍याइस्। तैँले आफ्नै भाइहरू, तेरा पिताका घरानाका सदस्यहरू, तँभन्दा असल मानिसहरूको हत्या गरिस्।

14 यसकारण अब याहवेहले तेरा मानिसहरू, तेरा छोराहरू, तेरा पत्नीहरू र तँसित भएका सबै कुरामाथि ठूला-ठूला विपत्तिले नाश गर्न लाग्नुभएको छ।

15 तँ आफैँचाहिँ निको नहुने पेटको रोगले ग्रस्त हुनेछस्; यतिसम्म कि त्यस रोगको कारण तेरो आन्द्राभुँडी बाहिर निस्कनेछन्।’ ”

16 याहवेहले यहोरामको विरुद्धमा पलिश्तीहरू र कूशीहरूको छेउमा बस्‍ने अरबीहरूलाई भड्काउनुभयो।

17 तिनीहरूले यहूदामाथि आक्रमण गरेर त्यसलाई जिते; अनि राजाको महलमा पाइने सबै चीजहरू, तिनका छोराहरू र रानीहरूलाई समेत लिएर गए। कान्छा छोरा अहोआहाजबाहेक अरू कुनै पनि छोरा बाँकी रहेन।

18 यी सबै घटनापछि याहवेहले यहोरामलाई आन्द्राहरूमा निको हुन नसक्ने रोगले ग्रस्त पार्नुभयो।

19 केही समय बितेपछि दोस्रो वर्षको अन्त्यमा त्यस रोगको कारण तिनको आन्द्राहरू बाहिर निस्केर आयो, र त्यही रोगले पीडित भएर तिनी मरे। तिनका मानिसहरूले तिनको सम्मानमा आगोसमेत जलाएनन्, जसरी तिनका पुर्खाहरूलाई आगो बालेर सम्मान दिएका थिए।

20 राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक मनाएनन्। तिनी दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा होइन।

Ler em outra tradução

Comparar lado a lado