2 Crônicas 17

NPIONCB

1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले आफूलाई इस्राएलको विरुद्धमा बलियो बनाए।

2 तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सैन्य दलहरू राखे; अनि यहूदामा र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा सैन्य छाउनीहरू राखे।

3 याहवेह यहोशापातसित हुनुहुन्थ्यो; किनभने आफ्ना सुरुका वर्षहरूमा तिनी आफ्ना पुर्खा दावीद हिँडेका चालहरूमा चले। तिनले बालका आकृतिहरूलाई पूजा गरेनन्।

4 तर आफ्ना पिताका परमेश्‍वरलाई खोजी गरे, र इस्राएलका रीतिहरूभन्दा उहाँकै आज्ञापालन गरे।

5 याहवेहले तिनको अधीनमा राज्य स्थापित गर्नुभयो; र सारा यहूदाले यहोशापातकहाँ उपहारहरू ल्याए। यसकारण तिनको धेरै सम्पत्ति र सम्मान भयो।

6 तिनको हृदय याहवेहका मार्गहरूमा लागेको थियो। यसबाहेक तिनले यहूदाबाट अग्ला देवस्थानहरू र अशेरा देवीका खम्बाहरू हटाइदिए।

7 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकृतहरू बेन-हेल, ओबदिया, जकरिया, नथनिएल र मीकायालाई यहूदाका सहरहरूमा सिकाउन भनी पठाए।

8 तिनीहरूसित लेवी शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह, तोब-अदोनियाह, पुजारी एलीशामा र यहोराम थिए।

9 तिनीहरूले याहवेहको व्यवस्थाको पुस्तक आफूसित लगेर यहूदाभरि सिकाए। तिनीहरू यहूदाका सबै सहरहरूतिर गए, र मानिसहरूलाई सिकाए।

10 यहूदाका चारैतिरका सबै राज्यहरूमा याहवेहको डर छायो। यसकारण तिनीहरूले यहोशापातसित युद्ध गरेनन्।

11 केही पलिश्तीहरूले यहोशापातलाई उपहारहरू र चाँदीहरूद्वारा सलामी तिरे। अनि अरबीहरूले तिनीकहाँ सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरूका बथान ल्याए।

12 यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्‍लाहरू र भण्डार गर्ने सहरहरू बनाए

13 यहूदाका सहरहरूमा धेरै खाद्यान्‍न राखे। तिनले यरूशलेममा अनुभवी लडाकु मानिसहरू पनि राखे।

14 परिवारअनुसार तिनीहरूका तालिका यस्तो थियो:

15 त्यसपछि येहोहानान र तिनको साथमा दुई लाख असी हजार मानिसहरूका सेनापति थिए।

16 त्यसपछि जिक्रीका छोरा अमसिया, जसले याहवेहका सेवाको निम्ति आफूलाई स्वेच्छापूर्वक दिएका थिए; अनि तिनको साथमा दुई लाख लडाकु मानिसहरू थिए।

17 बेन्यामीनबाट:

18 त्यसपछि यहोजाबाद, जससित लडाइँका हतियार लिएका एक लाख असी हजार मानिसहरू थिए।

19 राजाको सेवा गर्ने मानिसहरू यिनीहरू नै थिए। यी मानिसहरू यहूदाभरिका सुरक्षित सहरहरूभित्र राखिएकाहरू बाहेकका थिए।

Ler em outra tradução

Comparar lado a lado