2 Coríntios 6

NPIONCB

1 परमेश्‍वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्‍वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ।

2 किनकि उहाँ भन्‍नुहुन्छ,

3 हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राख्दैनौँ।

4 बरु परमेश्‍वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्‍टहरूमा,

5 पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा,

6 शुद्धतामा, समझमा, धीरजमा, दयामा, पवित्र आत्मामा, निष्कपट प्रेममा,

7 सत्य वचनमा, परमेश्‍वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर;

8 आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य;

9 नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका,

10 दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ।

11 हे कोरिन्थवासी हो, हामीले तिमीहरूलाई प्रष्‍टै भनिदिएका छौँ, र तिमीहरूलाई हाम्रो हृदय पूर्ण रूपले खोलिदिएका छौँ।

12 हामीले आफ्नो स्‍नेह तिमीहरूदेखि रोकिराखेका छैनौँ, तर तिमीहरूले चाहिँ आफ्नो स्‍नेह हामीबाट रोकिराखेका छौ।

13 म तिमीहरूलाई आफ्नै बालकहरूलाई जस्तै गरी भन्दछु; तिमीहरू पनि हामीले तिमीहरूलाई हृदय खोलेझैँ हाम्रो निम्ति आफ्ना हृदय पूर्ण रूपमा खोलिदेओ।

14 ख्रीष्‍टमा विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्‍टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र?

15 ख्रीष्‍ट र शैतानको के मेल हुन्छ र? विश्‍वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र?

16 परमेश्‍वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्‍वरका मन्दिर हौँ। जसरी परमेश्‍वरले भन्‍नुभएको छ:

17 यसकारण,

18

Ler em outra tradução

Comparar lado a lado