1 Samuel 5

NPIONCB

1 पलिश्तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेर लगेपछि त्यसलाई तिनीहरूले एबेन-एजेरबाट अश्दोदमा पुर्‍याए।

2 तब तिनीहरूले सन्दुकलाई दागोनको मन्दिरमा लगे, र त्यसलाई दागोनको मूर्तिको छेउमा राखे।

3 भोलिपल्ट बिहानै अश्दोदका मानिसहरू उठ्दा याहवेहको सन्दुकको सामु दागोनको मूर्ति जमिनमा घोप्टो परेर ढलिराखेको देखे! तिनीहरूले त्यसलाई उठाएर फेरि त्यसकै ठाउँमा राखे।

4 अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो।

5 यसैकारण आजको दिनसम्म अश्दोदमा भएको दागोनको मन्दिरमा बस्‍ने दागोनका पुजारीहरू अथवा अरूहरूले पनि सँघारमा पाइला टेक्दैनन्।

6 अश्दोद र त्यसका छेउछाउमा भएका मानिसहरूमाथि याहवेहको बाहुलीको भार परेको थियो; उहाँले तिनीहरूमाथि विनाश ल्याउनुभयो, र तिनीहरूलाई गिर्खाले सताउनुभयो।

7 जब अश्दोदका मानिसहरूले यस्तो भएको देखे, तब तिनीहरूले भने, “इस्राएलको देवताको सन्दुक हामीसँग यहाँ राख्नुहुँदैन; किनकि उहाँको बाहुलीको भार हामी र हाम्रो देवता दागोनमाथि परेको छ।”

8 यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए, र तिनीहरूलाई सोधे, “हामीले इस्राएलका देवताको सन्दुकलाई के गरौँ?”

9 तर तिनीहरूले त्यसलाई सारेपछि याहवेहको बाहुली त्यस सहरको विरुद्धमा उठ्यो; र तिनीहरूमा ठूलो आतङ्क फैलियो। उहाँले त्यस सहरका मानिसहरू, जवान र वृद्ध दुवैमाथि गिर्खाहरू पठाइदिनुभयो।

10 यसकारण तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एक्रोनमा पठाइदिए।

11 यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलको देवताको सन्दुक फर्काइदेओ; त्यसको आफ्नै ठाउँमा फर्काइदेओ, नत्रता यसले हामी र हाम्रा मानिसहरूलाई मार्नेछ।” मृत्युको कारण त्यस सहर आतङ्कले भरिएको थियो। परमेश्‍वरको बाहुलीको भार त्यसमाथि परेको थियो।

12 जो मानिसहरू मरेका थिएनन्, तिनीहरूलाई चाहिँ गिर्खाले सतायो, र सहरको चीत्कार स्वर्गसम्म पुग्यो।

Ler em outra tradução

Comparar lado a lado