1 Crônicas 23

NPIONCB

1 जब दावीद वृद्ध भए, र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा नियुक्त गरे।

2 तिनले इस्राएलका सबै अगुवाहरू, पुजारीहरू र लेवीहरूलाई पनि एकसाथ भेला गराए।

3 तीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको गन्ती गरियो; अनि पुरुषहरूको कुल संख्या अठतीस हजार थियो।

4 दावीदले भने, “यीमध्ये चौबीस हजारले याहवेहको मन्दिरको काममा रेखदेख गरून्; अनि छ हजारचाहिँ अगुवाहरू र न्यायकर्ताहरू होऊन्।

5 चार हजारचाहिँ द्वारपालहरू होऊन्, र अरू चार हजारले चाहिँ मैले प्रशंसाको उद्देश्यले उपलब्ध गराएका वाद्य-वादनहरूद्वारा याहवेहको प्रशंसा गरून्।”

6 दावीदले लेवीहरूलाई लेवीका छोराहरू: गेर्शोन, कहात र मरारीका समूहअनुसार विभाजन गरे।

7 गेर्शोनीहरूका छोराहरू:

8 लादानका छोराहरू:

9 शिमीका छोराहरू:

10 शिमीका छोराहरू:

11 यहत पहिलो थिए, जीजा दोस्रो, तर येऊश र बेरियाहका छोराहरू धेरै थिएनन्; यसकारण तिनीहरूलाई एउटै परिवारझैँ गनियो र एउटै जिम्मेवारी दिइयो।

12 कहातका छोराहरू:

13 अम्रामका छोराहरू:

14 परमेश्‍वरका जन मोशाका छोराहरूलाई चाहिँ लेवी कुलको एउटा भागको रूपमा गनियो।

15 मोशाका छोराहरू:

16 गेर्शोमका सन्तानहरू:

17 एलीएजेरका सन्तानहरू:

18 यिसहारका छोराहरू:

19 हेब्रोनका छोराहरू:

20 उज्जीएलका छोराहरू:

21 मरारीका छोराहरू:

22 (एलाजारका छोराहरू नभई तिनको मृत्यु भयो: तिनका छोरीहरू मात्र थिए। तिनीहरूलाई तिनका आफन्तहरू, कीशका छोराहरूले विवाह गरे।)

23 मूशीका छोराहरू:

24 लेवीका परिवारअनुसार तिनीहरूका सन्तानहरू यिनै थिए—तिनीहरूका परिवारका अगुवाका नामअनुसार र हरेक व्यक्तिहरू, जो याहवेहको मन्दिरमा काम गर्ने बीस वर्ष र त्यसभन्दा बढी उमेरका कर्मचारीहरूको नाम दर्ता गरियो।

25 किनकि दावीदले भनेका थिए, “याहवेह इस्राएलका परमेश्‍वरले आफ्ना मानिसहरूलाई विश्राम दिनुभएको छ, र उहाँ यरूशलेममा सदासर्वदाको लागि बास गर्न आउनुभएको छ।

26 यसैकारण लेवीहरूले फेरि समागम पाल र त्यसको सेवामा प्रयोग गरिने कुनै पनि सामानहरू बोकिरहन आवश्यक छैन।”

27 दावीदको अन्तिम निर्देशनअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू गनिए।

28 लेवीहरूको जिम्मेवारीचाहिँ याहवेहको मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सहायता गर्नुपर्नेथियो: आँगन, छेउछाउका कोठाहरू, सबै पवित्र चीजहरू शुद्ध गर्ने र परमेश्‍वरको भवनमा अरू कामहरू पनि गर्नुपर्ने जिम्मेवारी थियो।

29 तिनीहरू टेबुलमा सजाइएको रोटी, अन्‍नबलिको विशेष पिठो, खमिरविनाको पातलो रोटी, पकाउने र मिसाउने, र सबै प्रकारका नाप-तौल, र आकारका जिम्मेवारीमा थिए।

30 तिनीहरू हरेक बिहान याहवेहलाई धन्यवाद र प्रशंसा चढाउनलाई पनि खडा हुनुपर्थ्यो। तिनीहरूले साँझमा पनि त्यसै गर्नुपर्थ्यो;

31 अनि तिनीहरूले शब्बाथ विश्रामको दिनमा औँसीका चाडहरूमा र तोकिएका चाडहरूमा याहवेहकहाँ होमबलि चढाउनुपर्थ्यो। तिनीहरूले नियमित रूपले उचित संख्या र तिनीहरूलाई तोकिदिएको नियमअनुसार याहवेहको सामु सेवा गर्नुपर्थ्यो।

32 यसरी लेवीहरूले भेट हुने पालको, पवित्रस्थान र हारूनका सन्तान आफ्ना दाजुभाइहरूका अधीनमा रहेर याहवेहको मन्दिरको सेवामा पुजारीहरूलाई सहायता गरे।

Ler em outra tradução

Comparar lado a lado