1 Crônicas 16

NPIONCB

1 तिनीहरूले परमेश्‍वरको सन्दुक ल्याए र दावीदले सन्दुकको निम्ति तयार पारेको विशेष पालभित्र त्यसलाई राखे। तिनीहरूले याहवेहको सामु होमबलि र मेलबलि चढाए।

2 दावीदले होमबलि र मेलबलि चढाइसकेपछि, तिनले याहवेहको नाममा मानिसहरूलाई आशिष् दिए।

3 त्यसपछि तिनले हरेक इस्राएली पुरुष र स्त्रीलाई एउटा रोटी, खजूरको डल्‍ला र किसमिसको झुप्पा दिए।

4 दावीदले केही लेवीहरूलाई याहवेहको सन्दुकको सामु सेवा गर्न, याहवेह इस्राएलका परमेश्‍वरलाई आह्वान गर्न, धन्यवाद दिन र प्रशंसा गर्न नियुक्त गरे।

5 आसापचाहिँ अगुवा थिए; दोस्रो दर्जामा जकरिया, त्यसपछि यीएल, शमीरामोत, यहीएल, मत्तीत्याह, एलिआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। तिनीहरूले सारङ्गी र वीणा बजाउँथे। आसापले चाहिँ झ्याली बजाउँथे।

6 अनि बनायाह र यहजीएल पुजारीहरूले नियमित रूपले परमेश्‍वरको करारको सन्दुकको सामु तुरहीहरू बजाउँथे।

7 त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे:

8 याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर;

9 उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ!

10 उहाँको पवित्र नाममा गर्व गर;

11 याहवेह र उहाँको शक्तिलाई हेर;

12 उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू स्मरण गर,

13 हे याहवेहका सेवक इस्राएलका सन्तान हो!

14 उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ;

15 परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ,

16 त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो;

17 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा,

18 “म तँलाई कनान देश दिनेछु,

19 जब तिनीहरू संख्यामा थोरै थिए,

20 तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा,

21 उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;

22 “मेरा अभिषिक्त जनहरूलाई नछोओ;

23 हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ;

24 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर!

25 किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ;

26 किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्;

27 उहाँको सामु गौरव र वैभव छन्;

28 हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,

29 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;

30 हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्!

31 स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्!

32 समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्!

33 तब वनका रूखहरूले गाऊन्,

34 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;

35 यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, हामीलाई बचाउनुहोस्;

36 याहवेह, इस्राएलका परमेश्‍वरलाई

37 त्यसपछि दावीदले आसाप र तिनका सहयोगीहरूलाई विधिअनुसार हरेक दिन याहवेहको करारको सन्दुकको सामु नियमित रूपले गर्नुपर्ने सेवा गर्नलाई खटाए।

38 तिनले यदूतूनका छोरा ओबेद-एदोम र तिनका अठसट्ठी जना सहयोगीहरूलाई पनि तिनीहरूसँग सेवा गर्नलाई खटाए। ओबेद-एदोम र होसा द्वारपालहरू पनि थिए।

39 दावीदले पुजारी सादोक र तिनका अरू सङ्गी पुजारीहरूलाई गिबोनको अग्लो ठाउँमा याहवेहको समागम पालमा

40 याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए।

41 तिनीहरूसँग हेमान, यदूतून र याहवेहलाई धन्यवाद दिनलाई नामद्वारा चुनिएका र नियुक्त गरिएका अरू बाँकी जनहरू थिए, “किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”

42 हेमान र यदूतूनचाहिँ पवित्र भजनको निम्ति तुरही फुक्ने, झ्याली बजाउने र अरू बाजाहरू बजाउन जिम्मेवार थिए।

43 त्यसपछि बाँकी सबै मानिसहरू आ-आफ्ना घरतिर लागे; अनि दावीदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन घर फर्के।

Ler em outra tradução

Comparar lado a lado