1 एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको को राजधानी दमीश्कको बिषयमा छ, मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्।
2 यो समचार हद्रकको सिमाना हमातका निम्ति हो अनि सोर र सीदोनका निम्ति पनि हो। यद्यपि तिनीहरू ज्ञानी छन्।
3 सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चाँदी यति धेरै जम्मा गरेका छन् त्यो धुलो बराबर छ, अनि सुन माटो समान छ।
4 तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ।
5 अश्कलोनमा बस्ने मानिसहरूले ती घटनाहरू देख्नेछन् अनि डराउँनेछन्। गाजाका मानिसहरू डरले काम्नेछन्। अनि एक्रोनका मानिसहरूको आशा सड्नेछ। गाजामा कुनैपनि राजा बाँच्नेछैन। अब एउटै मानिस पनि अश्कलोनमा रहने छैन।
6 अश्दोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता को हुन्? परमप्रभु भन्नुहुन्छ, “म अहंकारी पलिश्ती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु।
7 म उसको मुखबाट रगत र उसको दाँतबाट घृणापूर्ण वस्तुहरू निकाल्नेेछु। बाँचेका कुनैपनि पलिश्तीहरू हाम्रो जतिको एक अंग बन्नेछन्। तिनीहरू यहूदाको एटा नयाँ कुल हुनेछन्। अक्रोनका मानिसहरू हाम्रा मानिसका एक भाग हुनेछन्, यबूसीहरू बनिए जस्तै।
8 म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।”
9 हे सियोन, आनन्दित होऊ!
10 राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू ध्वंश पारें
11 यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले
12 तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू।
13 यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु।
14 परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ
15 सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ।
16 त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले
17 प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्।