1 परमप्रभु नै राजा हुनुहुन्छ,
2 सियोनमा परमप्रभु महान् हुनुहुन्छ!
3 सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्।
4 शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ।
5 परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर
6 मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए।
7 परमेश्वर अग्ला बादलबाट बोल्नु भयो।
8 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो।
9 हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर।