1 मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन।
2 म तिमीहरूलाई यो कथा भन्ने छु।
3 हामीले ती कथाहरू सुन्यौ, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौ।
4 अनि हामी त्यो कथा भुल्ने छैनौं।
5 परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो।
6 अनि आउने भावि सन्तानहरुले पनि यो नियमको बारेमा जान्नेछन्
7 यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्।
8 यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका आज्ञाहरूको विषयमा बताए भने तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्।
9 एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए,
10 तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्।
11 एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले।
12 परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा,
13 परमेश्वरले लाल समुद्रलाई फार्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो।
14 प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो।
15 परमेश्वरले चट्टानलाई मरूभूमिमा फोर्नु भयो।
16 परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह
17 तर मानिसहरूले उहाँकै विरूद्ध पाप अविरलमरूपले गरिरहे।
18 तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्न फैसला गरे।
19 तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने,
20 जब उहाँले चट्टानमा हिर्काउनुभयो, तेजले पानी बाहिर आयो र खोलाहरू बढेर आए।
21 परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो।
22 किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्।
25 मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए।
26 परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो।
27 अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे,
28 ती मानिसहरूका छाउनीका वरिपरि
29 तिनीहरूलाई खाना प्रशस्त थियो,
30 तिनीहरूले आफ्नो भोक खप्न सकेनन्।
31 परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो, अनि ती मध्ये धेरै जनालाई मार्नु भयो।
32 तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे!
33 यसकारण तिनीहरूको जीवन,
34 जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू,
35 तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ।
36 तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले।
37 तिनीहरूको हृदय परमेश्वरसँग थिएन।
38 तर परमेश्वर दयालु हुनुहुन्थ्यो।
39 परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो।
40 उफ! यी नै मानिसहरूले मरूभूमिमा परमेश्वरलाई खुब कष्ट दिए!
41 घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे।
42 ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से।
43 तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले
44 परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो।
45 परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो।
46 परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो,
47 परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो।
48 परमेश्वरले अस्वस्थताले तिनीहरूको पशुहरू मार्नुभयो
49 परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो।
50 परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो।
51 परमेश्वरले मिश्रवासीहरूका प्रथम जन्मने सन्तानलाई मार्नु भयो।
52 त्यसपछि परमेश्वरले इस्राएललाई गोठालोले झैं डोर्याउनु भयो।
53 उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो।
54 परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो,
55 परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोडन वाध्य गराउनु भयो।
56 तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे।
57 इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए।
58 इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए।
59 परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो।
60 उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो।
61 परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो।
62 परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो।
63 जवान पुरूषहरू जलेर मरे,
64 पूजाहारीहरू मारिदिए,
65 अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै,
66 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो।
67 तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो।
68 अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो।
69 परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो।
70 परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो।
71 दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए, तर परमेश्वरले दाऊदलाई उहाँका आफ्ना मानिसहरूलाई हेरचाह गर्ने काम सुम्पनु भयो।
72 दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए।