1 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
2 आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
3 त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
5 जब सम्म घाम उदाउँदछ
6 खेतहरूमा पानी वर्षे जस्तै,
7 उहाँको राज्यकालमा धार्मिकता फूलोस्, फूलोस्।
8 उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
9 मरूभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाप्रति शिर झुकाउन्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुरा्याउँन चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
15 राजाको दीर्घायु होस्!
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
18 परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)