1 हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्।
2 हे परमप्रभु, ममाथि दया राख्नुहोस्
3 मेरो सम्पूर्ण शरीर कामि रहेकोछ,
4 परमप्रभु, फेरि फर्की आउँनुहोस् र मलाई बलियो बनाउनुहोस!
5 मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्।
6 हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें।
7 मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए।
8 दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ!
9 परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ
10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्।