1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
2 हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
3 तपाईंले मलाई दण्ड दिनुभयो।
4 म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोष भारी बोके छ।
5 मैले मूर्ख कामहरू गरें।
6 म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु,
7 मलाई ज्वरो आएको छ,
8 म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिन।
9 मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
10 मेरो मुटु बढता ढुक्ढुकी रहेछ।
11 मेरा बिमारीको कारणले गर्दा,
12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैन्।
14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
15 किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु।
16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्।
17 म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु।
18 हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
21 हे परमप्रभु, मलाई त्यागी नजानुहोस्।
22 चाँडै आउनुहोस र मलाई सहयोग दिनुहोस्!