Salmos 116

NPI2010

1 जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ

2 जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ

3 म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो।

4 तब मैले परमेश्वरको नाउँ डाकें।

5 परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ।

6 परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ।

7 हे मेरो प्राण, विश्राम गर!

8 हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो।

9 जीवितहरूको देशमा पनि

10 यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो,

11 हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ, मैले भने,

12 म परमप्रभुलाई के दिन सक्छु र?

13 उहाँले मलाई बचाउनु भयो,

14 परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु।

15 परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ।

16 हे परमप्रभु, म तपाईंको दास हुँ।

17 म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु।

18 आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु।

19 म यो सव यरूशलेमको मन्दिरमा गर्नेछु,

Ler em outra tradução

Comparar lado a lado