Provérbios 8

NPI2010

1 के ज्ञानले तिमीलाई बोलाउँदैन र?

2 ऊ अग्लो ठाउँहरू माथि उभिन्छे

3 ऊ शहरको प्रवेशद्वार नजिक छे

4 ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु,

5 तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक।

6 तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्।

7 मेरा वचनहरू सत्य हुन।

8 मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन्

9 यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन्

10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्,

11 ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो।

12 “म ज्ञान हुँ।

13 परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो।

14 मसंग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ।

15 मेरै सहायतामा राजाहरूले राज गर्छन्,

16 राजकुमारहरू, राजकीय मानिसहरू,

17 म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन्

18 धन दौलत र आदर मसित रहन्छ,

19 मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन्

20 म मानिसहरूलाई सही मार्गमा डोर्याँउछु,

21 मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु,

22 “परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला

23 यो संसार सृजना गरिनु भन्दा पहिला

24 जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ।

25 पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि, पहाडहरू हुनु भन्दा अघि,

26 परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै,

27 जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ।

28 जब उहाँले आकाशमा बादल राखेर

29 उहाँले समुद्रको सिमाना तोक्दा

30 म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ।

31 म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु,

32 “अनि अब, हे मेरो छोराहरू, मलाई सुन!

33 मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन,

34 जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ,

35 किनभने जसले मलाई पाउँछ, उसले जीवन पाँउछ।

36 तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याँउछ।

Ler em outra tradução

Comparar lado a lado