Neemias 13

NPI2010

1 त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तक बाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन।

2 किनभने तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरूद्ध बलामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो।

3 जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इस्राएलबाट पृथक गरे।

6 यी सबै भएको बेला म यरूशलेममा थिइनँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औं वर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा मैले राजाबाट अनुमति मागें।

7 अनि म यरूशलेम फर्कें। तब परमेश्वरको मन्दिरको आँगनमा तोबियाहको निम्ति एउटा कोठाको प्रबन्ध गरिदिएको एल्याशीबाको दुष्कर्म मैले थाहा पाएँ।

8 म यस विषयमा अत्यन्त क्रोधित भएँ यसर्थ, मैले तोबियाहका सबै घरेलु मालसामान आंगनमा फ्याँकिदिएँ।

9 तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।

10 तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए।

11 मैले अधिकारीहरूलाई, “परमेश्वरको मन्दिरको किन उपेक्षा गरिएकोछ?” भनी हप्काएँ। त्यस पछि मैले तिनीहरूलाई भेला गरें। अनि तिनीहरूलाई फेरि काममा फर्काएँ।

12 तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ।

13 त्यसपछि मैले भण्डार कक्षमा कोषाध्यक्षको रूपमा पूजाहारी शेलेम्याह, शिक्षक सादोक अनि लेवी पदायहलाई नियुक्त गरें र हनान जाक्कूरका छोरा, मत्तन्याहका छोरालाई पनि तिनीहरूका सहायकको रूपमा नियुक्त गरे। किनकि तिनीहरू विश्वास योग्य थिए अनि यो यसकारण आफ्ना सहायकलाई अंश दिन तिनीहरूको कार्य भयो।

14 हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्।

15 त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेल्ने कामगरिरहेको देखें। अनि अन्नकारा शल्या एका अनि त्यसलाई गधाहरू माथि लदाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लदाएको अनि यी सबैलाई विश्राम-दिनमा यरूशलेममा ल्याएको देखे। अनि मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिएँ।

16 यरूशलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेच्नका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा यहूदा अनि यरूशलेमका मानिसहरूलाई ती बेचिरहेका थिए।

17 तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र तुल्याउँछौ?

18 तिमीहरूका पुर्खाहरूले यसै गरेको हुँदा हाम्रा परमेश्वरले हामीमाथि अनि यो शहर माथि यी सबै विपद ल्याउनु भएको होइन र? तर तिमीहरूले विश्रामलाई अपवित्र तुल्याएर। इस्राएल माथि अझ अधिक क्रोध ल्याउँदैछौ?”

19 जब शबाथको अघि यरूशलेमको द्वारमा अन्धकार हुँदै थियो। मैले ढोका बन्द गर्ने आदेश दिएँ। विश्राम नसिद्धिए सम्म ती ढोका नखोल्ने आदेश दिएँ। अनि मैले ढोकाहरूमा मेरा केही मानिसहरूलाई बसाएँ, जसद्वारा विश्राम दिनमा कुनै पनि भारीहरू शहरमा पस्न नपाओस्।

20 एक वा दुइपल्ट सबै थरिका व्यापारी अनि बिक्रेताहरूले यरूशलेम बाहिर रात बिताए।

21 तिमीहरू पर्खालको अघि किन रात बिताउँदैछौ? “तिमीहरूले फेरी यसो गर्यौ भनें म तिमीहरू माथि बल प्रयोग गर्ने छु।” भनी तिनीहरूलाई चेतावनी दिएँ। त्यसबेला देखि तिनीहरू विश्राम-दिनमा आएनन्।

22 त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें।

23 ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।

24 तिनीहरूका आधा केटा-केटीहरूले अश्दोद वा अन्य मानिसका भाषा बोल्दथे अनि तिनीहरूले यहूदाको भाषा कसरी बोल्नु सो जान्दैन थिए।

25 यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाए, “तिनीहरूलाई आदेश दिए तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्।

26 तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउँनु भयो। तर विदेशी स्त्रीहरूले वहाँलाई परमेश्वरको विरूद्ध पाप गर्न लगाए।

27 अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँचो जीवन जीएका छैनौ। तिमीहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका छौ।”

28 यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ।

29 मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्।

30 मैले पूजाहारीहरू र लेवीहरूलाई विदेशीहरूबाट छुट्टाएँ अनि तिनीहरू प्रत्येकलाई विदेशी कुरा देखि शुद्ध पारे तिनीहरूको आफ्नै कामहरू अनि उत्तरदायित्वहरू दिएँ।

31 मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्।

Ler em outra tradução

Comparar lado a lado