Neemias 10

NPI2010

1 अनि मोहर लाएको कागज पत्रमा सही छापलगाउने हाम्रा अगुवाहरू, यी थिए:

2 सारयाह, अजर्याह, यिर्मयाह,

3 पशहूर, अमयाह, मल्कियाह,

4 हत्तूश, शबन्याह, भल्लूह,

5 हारीम, मरेमोत, ओबदियाह।

6 दानियल, गिन्नतोन, बारूक,

7 मशुल्लाम, अजर्याह मियामीन,

8 माज्याह, बिल्गै अनि शमायाहका नाउँछन्। यी पूजाहारीहरू थिए जसको नाउँ मोहर लगाएको कागज पत्रमा छ।

9 यी लेवीहरू थिए, जसले यसमा हस्ताक्षर गरेः

10 अनि तिनीहरूका संगी लेवीहरूः शबन्याह, होदियाह, कलीता, पलायाह, हानान,

11 मीका, रहोब, हशब्याह,

12 जक्कूर, शेरेब्याह, शबन्याह,

13 होदियाह, बानी अनि बनीन्।

14 यी मानिसहरूका अगुवाहरू हुन जसले सन्धी हस्ताक्षर गरेः

15 बन्नी, अज्गाद, बवै,

16 अदोनियाह, बिग्बै, आदीन,

17 आतेर, हिज्कियाह, अज्जूर,

18 होदियाह, हाशूम, बेसै,

19 हारीत, अनातोत, नोबै,

20 मग्पीआश, मशुल्लाम, हेजीर,

21 मशेजबेल, सादोक, यद्‌दु,

22 पलत्याह, हानान, अनायाह,

23 होशे, हनन्याह, हश्शूब,

24 हल्लोहेश, पिल्हा, शेबेक,

25 रहूम, हशब्ना, मासेयाह,

26 अहियाह, हानान, आनान।

27 मल्लूक, हारीम, अनि बाना।

30 “हामी वचन दिन्छौ कि यो मूमिमा हाम्रा छोरीहरूलाई पत्नीको रूपमा अन्य मानिसहरूलाई दिने छैनौं। अनि हामी तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका पत्नीको रूपमा लिने छैनौं।

31 “यदि यस भूमिका मानिसहरूले बेच्ने कुराहरू वा कुनै अन्न बेच्नका निम्ति विश्रामको दिनमा ल्याए हामी तिनीहरूबाट विश्रामको दिनमा अथवा अन्यकुनै पवित्र छुट्टिका दिनमा किन्ने छैनौ। हामी सातौं वर्षको बालीहरू त्याग गर्नेछौ। अनि ऋणका निम्ति बन्दककी राखेको कुनै पनि बस्तु फिर्ता दिने छौं।

32 “हाम्रा परमेश्वरको मन्दिरको सेवाका निम्ति वर्षमा एक तिहाई शेकेल चाँदी प्रदान गर्ने अनुबन्धन गर्दछौं।

33 त्यो पैंसा रोटीको पंक्तिहरू किन्नको निम्ति खर्च हुनेछ। र अन्नबलि प्रत्येक दिन होमबलिहरू, विश्राम-दिन, औंसी, ठहराइएका चाडहरू, पवित्र चीजहरू, इस्राएललाई शुद्ध गर्ने पाप बलिहरू अनि सबै अरू कुराहरू परमेश्वरको मन्दिरका निम्ति आवश्यक पर्छ।

34 “हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक वर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्टा लगाए।

35 “हामीहरूले पनि प्रत्येक वर्षको पहिलो फसलको अन्नहरू अनि प्रत्येक वृक्षका पहिलो गरेका छौ।

36 “व्यवस्थामा लेखे झैं हामी पनि हाम्रा पहिलो जन्मेको छोराहरू र हाम्रा पशुहरू अनि हाम्रो पहिलो जन्मेको गाई भेडा बाख्राहरू हाम्रा परमेश्वरको मन्दिरमा सेवा गर्ने पूजाहारीहरू कहाँ ल्याउने प्रतिज्ञा गर्यौं।

37 “हामीले परमेश्वरको मन्दिरको भण्डारकोठामा, पूजाहारीहरूका निम्ति पहिलो मुछेको पिठोको डत्ला अनि हाम्रा भेटी-प्रत्येक वृक्षका फल नयाँ दाखरस अनि तेल ल्याउँने छौं। अनि हामी लेवीहरूका निम्ति पनि आफ्ना फसलका दशौ खण्ड पनि ल्याउने छौ। लेवीहरू ति हुन जसले हामीले काम गर्ने सबै शहरहरूमा दशौ खण्ड संग्रह गर्छन्।

38 अनि पूजाहारी जो हारूनका सन्तानहरू हुन, तिनीहरूले दशांश संग्रह गर्छन्। अनि लेवीहरूले परमेश्वरको मन्दिरको भण्डार गृहमा दशौं भाग ल्याउँछन्।

39 किनभने इस्राएलका मानिसहरू अनि लेवीहरूले अन्नको भेटी ल्याउनु पर्छ नयाँ दाखरस भेटी अनि तेलको भेटी भण्डार कक्षमा ल्याउनु पर्छ। जहाँ पवित्र भाँडा वर्त्तनहरू छन्, जहाँ कार्यमा रहेका पूजाहारीहरू, द्वार, रक्षकहरू अनि गवैयाहरू छन्।

Ler em outra tradução

Comparar lado a lado