1 हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो।
2 हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए
3 हामी अनाथ भयौं।
4 हामीले पिउने पानी पनि किन्नु परेको छ।
5 हामीलाई भञ्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ।
6 रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ।
7 हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्।
8 जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्।
9 हामीले आहार खोज्नको लागि प्राणघातक
10 हाम्रा छाला चुल्हा जस्तै तातेको छ।
11 शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्।
12 हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्।
13 हाम्रा जवान छोराहरू शत्रुको कमारा छन्
14 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए।
15 अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन।
16 मुकुट हाम्रो टाउकोबाट झरेर गयो।
17 ती कुराहरूको कारणले गर्दा,
18 सियोन पर्वत बाँझोभूमि भयो।
19 तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ।
20 हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो।
21 हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाई कहाँ ल्याउनु होस्।
22 तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो।