1 परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो।
2 परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।
3 यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”
4 परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो।
5 उहाँले भन्नुभयो
6 “यो प्रश्न सोध, र यसलाई हेर:
7 “हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ!
8 “त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।
9 तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
10 “यसकारण हे याकूब मेरो दास! नडराऊ।”
11 हे इस्राएल र यहूदका मानिसहरू,
12 परमेश्वर भन्नुहुन्छ
13 तिमीहरूका निम्ति बोलिदिने कोही छैन।
14 तिमीहरूका प्रेमीहरूले
15 इस्राएल र यहूदा तिमीहरूका कष्टदायक घाउका निम्ति किन रोइरहेका छौ?
16 यसकारण ती सबै ज-जसले तिमीहरूलाई
17 अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु।
18 परमप्रभु भन्नुहुन्छ:
19 तिनीहरूबाट धन्यवादको स्तुतिगान
20 तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्।
21 तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ।
22 तिमीहरू मेरो प्रजा हुनेछौ।
23 हेर! परमप्रभुको आँधी!
24 परमप्रभुको क्रोध तबसम्म शेष हुदैन