Jeremias 23

NPI2010

1 “त्यो भेडा गोठालाहरूलाई धिक्कार जसले मेरा भेडाहरूलाई ध्वंस र तितर-बितर पार्छ।” यो परमप्रभुबाट आएको सन्देश हो।

2 ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेश्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चारै तर्फ भगाई दियौ। तिनीहरूलाई भाग्न वाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्रो हेरचाह गरें। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

3 “अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने र्खकमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने र्खकमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ।

4 म मेरा बगालको लागि नयाँ गोठाहरूलाई राख्नेछु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयमीत हुने छैन। मेरो कुनै पनि बगाल हराउँने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो।

5 परमप्रभु भन्नुहुन्छ,

6 त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ,

7 “यसकारण ती दिनहरू आइरहेछन्,” यो सन्देश परमप्रभुबाट आएको हो, “जब मानिसहरूले भन्नेछैनन्, ‘जसरी परमप्रभु जीवित हुनुहुन्छ अनि यो उहाँ नै हुनहुन्छ जसले इस्राएलका मानिसहरूलाई मिश्र भूमिबाट बाहिर ल्याउनु भयो।’

8 तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन जसले इस्राएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।”

9 अगमवक्ताहरूलाई सन्देश

10 यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ

11 “अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्।

12 यसकारण, म तिनीहरूलाई मेरो सन्देश दिन रोक्नेछु।

13 “मैले सामरियामा अगमवक्ताहरूलाई

14 मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु।

15 यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ

16 सेनाहरूका परमप्रभु भन्नुहुन्छ

17 कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्।

18 तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन।

19 अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ।

20 आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउञ्जेल

21 मैले ती अगमवक्ताहरूलाई पठाएको होइन।

22 तर यदि तिनीहरू मेरो महासभामा बसेका भए,

23 “म परमेश्वर हुँ, जो नजिक छु,”

24 मैले देख्न सक्तिन भन्ने विचारमा

25 “त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें।

26 कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने?

27 ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेकाछन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए। तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे।

28 पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।

29 मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।”

30 “यसर्थ म झूटा अगमवक्ताहरूको विरूद्धमा छु।” यो सन्देश परमप्रभुको हो “ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्।

31 म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउछन् र मेरोबाट आएको सन्देश भनेर बहाना गर्दछन्।

32 म झूटा अगमवक्ताहरूका विरूद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिदैं कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाए न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो।

33 “यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गहुँ बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।’ यो परमप्रभुको सन्देश हो।

34 “यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, ‘म उसका परिवार र उसलाई सजाय दिनेछु।’

35 यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो’?

36 तर तिमीले फेरि ‘परमप्रभुको बोझ’ भन्ने छैनौ किनभने ‘बोझ’ प्रत्येकको आफ्नै शब्द बनिएको हो। तर तिनीहरूलाई भन, ‘तिनीहरूले जीवित परमेश्वर, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरको वचन बङग्याएको छौ।’

37 “यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, ‘परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?’ अथवा ‘परमप्रभुले के भन्नुभयो?’

38 तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्यौ भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ ‘तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्थ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें।

39 मैले तिमीहरू र तिम्रा पिता-पुर्खाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फ्याँक्ने छु।

40 म तिनीहरूमाथि सदा-सर्वदा रहने लाज ल्याउनेछु। आफ्नो बेइज्जिती तिमीहरू कहिल्यै भुल्ने छैनौं।’”

Ler em outra tradução

Comparar lado a lado